काठमाडौं, बैशाख १२ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ ।
शनिबार राति भएको खेलमा चेल्सीले वेस्टह्याम युनाइटेडलाई १–० गोल अन्तरले विजयी भएको हो । जितसँगै चेल्सी ५८ अंकका साथ तालिकाको चौथो स्थानमा रहेको छ भने पराजित भएको वेस्टह्याम ५५ अंकका साथ पाँचौं स्थानमा छ । चेल्सीका लागि टिमो वार्नरले पहिलो हाफको ४३ औं मिनेटमा गरेका गोल नै जित दिलाउन पर्याप्त बन्यो ।
यस्तै प्रिमियर लिगकै अर्को खेलमा व्राइटनले सेफिल्ड युनाइटेडलाई पनि १–० गोल अन्तरले पराजित गरेको छ । ब्राइटन १६ औं तथा सेफिल्ड पुछारमा रहेको छ । व्राइटनलाई जिताउन डेभिड म्याकगोल्डरिकले १९ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।