काठमाडौं, फागुन १५ । ब्राजिल तथा पेरीस सेन्ट जर्मेनका स्ट्राइकर नेयमार च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाविरुद्धको दोस्रो लेगको खेल आउन एक साता अगाडी प्रशिक्षणमा फर्किएका छन । तिघ्राको चोटका कारण पहिलो लेगको खेल गुमाएका नेयमार दोस्रो लेग खेल्ने प्रबल संभावना बढेको छ ।
पीएसजीले नेयमार ब्यक्तिगत प्रशिक्षणमा फर्किएको र उनले दोस्रो लेग खेल्ने संभावना रहेको बताएको छ । यसअघि नेयमारले दोस्रो लेगको खेलपनि गुमाउने शंका कायमै थियो । तर अहिले आएर उनी चाँडै मैदानमा फर्किने पीएसजीका प्रशिक्षक माउरिसियो पोचेटिनोले बताएका छन ।
उनले नेयमारले राम्रो प्रशिक्षण गरिरहेको र शारिरीक रुपमा निकै फिट देखिएको बताए । नेयमारले चाँडै पीएसजीसँग नयाँ सम्झौता पनि गर्ने र त्यसले उनको मनोबल पनि अझ बढ्ने बताइएको छ ।
पीएसजीका स्पोर्टिङ डाइरेक्टरले भने बारम्बार नेयमार चोटग्रस्त हुनु क्लव र आफ्ना लागि पनि आश्चार्यको कुरा रहेको बताएका छन ।
च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा बार्सिलोनाविरुद्ध पीएसजीले चार एकको फराकिलो जित निकालेको थियो । जसमा केलियन एम्बाप्पेल ह्याट्रिक गरेका थिए ।

