बाहुण्डाँगी, बैशाख, १२ । नेपाल जेसीजको वार्षिक कार्यक्रम अन्तर्गत रहेको क्षेत्रीय अध्यक्ष भेला शनिवार जेसीजका ४ वटै क्षेत्रमा एकै साथ सम्पन्न भएको छ ।
२०१८ का राष्टिय अध्यक्ष श्रीधर बस्यालले यो भेलालाई एकैदिन एकै समयमा सुरु गर्ने कार्यको थालनी गर्नु भएको थियो । त्यसैलाई निरन्तरता दिँदै यस वर्ष पनि देशभरमा रहेको शाखाहरुले आफ्नो क्षेत्रमा अध्यक्ष भेला सम्पन्न गरेका हुन् ।
नेपाल जेसीजको यो तेस्रो कार्यक्रम हो । यस अघि लोम नोम एकाडेमी बुटवलमा र काउन्सुलर एकाडेमी काठमाडौँमा सम्पन्न गरेको थियो ।
क्षेत्र क का लागि झापाको कमलनगर जेसीज, क्षेत्र ख का लागि सारदानगर, क्षेत्र ग का लागि नाल्दुमनगरकोट र क्षेत्र घ का लागि देवदह जेसीजले आतिथ्यता गर्ने अवसर प्राप्त गरेको थियो । अध्यक्षीय भेलामा त्यस क्षेत्रका लागि निरुपित कार्यकारीणी उपाध्यक्ष र निरुपित उपाध्यक्षहरुको प्रत्यक्ष सहभागितामा कार्यक्रम सम्पन्न गर्नु पर्ने हुन्छ ।

आतिथयता शाखा कमलनगरका अध्यक्ष छत्रमणी खनाल (गोपाल) को अध्यक्षतामा भएको कार्यक्रममा राष्टिय कार्यकारीणी उपाध्यक्ष सिनेटर अरुण दाहाल, निरुपित राष्टिय उपाध्यक्ष अनुज जोशीले रजनी थापा र प्रमिशा काफ्ले, क्षेत्र ख मा सारदानगरका अध्यक्ष इन्द्रलाल क्षेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा निरुपित कार्यकारीणी उपाध्यक्ष भोजराज चापागाई, निरुपित उपाध्यक्ष सुनिल तिम्सिना, उपाध्यक्षहरु विमल ज्ञवाली र दिपेन्द्र निरौला, क्षेत्र ग का नाम्दुलनगरकोट जेसीजका अध्यक्ष आशा देवानको अध्यक्षतामा भएको कार्यक्रममा निरुपित कार्यकारीणी उपाध्यक्ष शिव प्रसाद भुषाल, निरुपित उपाध्यक्षहरु विमला सुवेदी कार्की, गौतम शाह राजन गौतम तथा क्षेत्र घ मा देवदह जेसीजका अध्यक्ष केशवराज पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा निरुपित उपाध्यक्ष पायल शर्मा, कल्पना कुशुम (पाण्डे) को सहभागितामा सम्पन्न भएको थियो । क्षेत्र घ का लागि निरुपित कार्यकारीणी उपाध्यक्ष सुमनकृष्ण श्रेष्ठलाई कोभिड पोजेटिभ भएर उपचारको क्रममा भएकाले सहभागि हुन नसकेका राष्टिय महासचिव सिनेटर विकास मानन्धरले जानकारी दिनु भयो र
यसैगरी, नेपाल जेसीजका राष्टिय अध्यक्ष सिनेटर अरुणेश्वर खनाल आफ्नो क्षेत्रमा रहेको सारदानगर जेसीजको भेलामा सहभागि जनाउनु भएको थियो भने महासचिव सिनेटर विकास मानन्धर क्षेत्र ग को नाम्दुलनगरकोट, कोषाध्यक्ष पविन्द्र भट्टराई सादरानागर कानुनी सल्लाहकार गोकुल सापकोटा क्षेत्र घ को देवदह जेसीजको कार्यक्रममा सहभागि हुनु भएको थियो ।
नेपाल जेसीजका निवर्तमान राष्टिय अध्यक्ष सिनेटर अशोक शंकर र पूर्व अध्यक्ष सिनेटर महेश पौडेल, पूर्व कार्यकारीणी उपाध्यक्ष श्यामसुन्दर पौडेल मिलन, पूर्व कार्यकारीणी उपाध्यक्ष मनिस शाहको सहभागिता रहेको थियो । क्षेत्र घ मा पूर्व राष्टिय अध्यक्ष सिनेटर दिनेश कोइरालाको सहभागिता रहेको थियो ।
राष्टिय अध्यक्ष सिनेटर अरुणेश्वर खनालले अन्य ३ वटा क्षेत्रको क्षेत्रीय भेलामा लिखित रुपमा शुभकामना पत्र पठाएर कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
भेलामा जेसीजका पूर्व पदाधिकारी, शाखाका वर्तमान पदाधिकारी तथा विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।

