राजनीति

ओलीको गृहजिल्लामा फुटेन एमाले, तीन तहका सबै ५०८ जनप्रतिनिधि एकढीक्का

झापा, भदौ १८ । नेकपा एमाले विभाजनको असर केन्द्रदेखि वडासम्म परेका बेला अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा भने नेकपा एसको पक्षमा एकजना वडा सदस्य पनि अहिलेसम्म खुलेका छैनन् । एमालेको अन्तरसंघर्षका बेला माधव नेपाल पक्षमा जिल्लाका स्थापित नेताहरू नै थिए । तर, विभाजनसँगै नरेश खरेल, रविन कोइराला, पवित्रा निरौलालगायतका सबै नेताहरू एमालेमै बसेपछि त्यसको Read More…

समाचार

झापाको मेचीनगरमा पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु

झापा, भदौ १८ । पोखरीमा डुबेर झापामा एक व्यक्तिको मृत्यु भएको छ । डुबेर मृत्यु हुनेमा ठेगाना नखुलेका मागी खाई हिँड्ने अन्दाजी ५५ वर्षीय बम बहादुर कार्की नामले चिनिने व्यक्ति रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । प्रहरीका अनुसार मेचीनगर नगरपालिका-१२ स्थित धिमाल बस्तीमा रहेको पात्र धिमालको पोखरीमा पौडी खेल्न पसेका कार्की ननिस्किएपछि Read More…

खेलकुद

सुरुवाति अग्रता जोगाउन नसक्दा युरोपेली च्याम्पियन इटाली बराबरीमा रोकियो

काठमाडौं, भदौ १८ ।  फिफा विश्वकप छनोटमा युरोपेली च्याम्पियन इटाली बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा इटाली बुल्गेरियासँग १–१ गोलको बराबरीमा रोकिएको हो । खेलमा सुरुवाति अग्रता लिएपनि जोगाउन नसक्दा इटाली अंक बाढ्न बाध्य भए । इटालीका फेडरिको चिइसा गरे भने बुल्गोरियाका लागि इटानास लिभ गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको Read More…

राजनीति

कार्यकर्ता तान्न ओली-नेपाल होडबाजी

काठमाडौँ, भदौ १८ । पार्टी विभाजनपछि एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेता–कार्यकर्ता आफूतिर तान्न होडबाजी गरिरहेका छन् । एमाले अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयनमा लैजाने र पार्टी संगठनका खाली पदमा विगतमा नेपाल समूहमा लागेका तर हाल एमालेमै रहेका नेता–कार्यकर्तालाई स्थान दिने बताइरहेका छन् भने नेपालले एमालेमा रहँदा Read More…

खेलकुद

खेलकुद विकास समिति झापाका कार्यालय प्रमुख मैनालीको भब्य बिदाइ

झापा, भदौ १७ । जिल्ला खेलकुद विकास समिति झापाका कार्यालय प्रमुख टहलदास मैनालीलाई एक कार्यक्रमका बिच भब्य बिदाइ गरिएको छ । बिहीबार खेलकुद विकास समितिको कार्यालय परिसरमा उनलाई भद्रपुर नगरपालिका प्रमुख जीवन श्रेष्ठ, विर्तामोड ३ का वडा अध्यक्ष भोजराज सिटौला, खेलकुद कर्मचारी संघ, कर्मचारी, विभिन्न खेलविधाका प्रशिक्षक तथा खेलाडीहरूले दोसल्ला ओढाएर बिदाइ गरेका छन् । Read More…

धर्म संस्कृती राजनीति

तिजको अवसरमा नेकपा एमाले मेचीनगर ८ वडा कमिटीद्वारा दरखाने कार्यक्रम

मेचीनगर, भदौ १७ । हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारेर नेकपा एमाले मेचीनगर ८ वडा कमिटीले शुभकामना आदान-प्रदान तथा दर खाने कार्यक्रम आयोजना गर्ने भएको छ । वडा कमिटी भदौ १९ गते शनिबार तिज बिशेष कार्यक्रम आयोजना गर्न लागिएको नेकपा एमाले मेचीनगर ८ वडा कमिटी अध्यक्ष बिष्णु भट्टराईले जानकारी दिए। अध्यक्ष भट्टराईका अनुसार Read More…

शिक्षा

कक्षा १२ को परीक्षा भदौ ३० देखि हुने

झापा, भदौ १६ । कक्षा १२ को परीक्षा ३० भदौबाट सञ्चालन हुने निश्चित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज (बुधबार) बसेको बैठकले ३० भदौदेखि ८ गते असोजसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो। बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सहमतिमा परीक्षा सञ्चालन गर्ने निर्णय भएको Read More…

कला मनोरञ्जन

मोडल तथा कलाकार निशा घिमिरेको निधन

काठमाडौं,भदौ १६ । मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ। घिमिरेको बुधबार साँझ उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको अस्पतालले जानकारी दिएको छ। ‘अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छौं’ नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले भनेका छन्। Read More…

विविध

पाउना गएका एक पुरूष आफन्तकोमा झुन्डिएको अवस्थामा फेला

झापा, भदौ १६ । झापाको मेचीनगरमा पाउना आएका एक पुरूष आफन्तको घरमा झुन्डिएको अवस्थामा फेला परेका छन् । मेचीनगर-१० लालपानी स्थित सम्बन्धमा मामा पर्ने ज्ञानु पौडेलको घरमा बुधबार बिहान झुन्डिएको अवस्थामा इलाम मुर्तिडाडाका ४० बर्षिय प्रदिप आचार्यको शव फेला परेको हो। पारिवारिक स्रोतका अनुसार आचार्य र पौडेल परिवार बीचमा आर्थिक कारोबारसमेत रहेको थियो । आचार्यले Read More…

शिक्षा स्वास्थ्य

मेचीनगरमा आज कक्षा १२ का विद्यार्थीहरुलाई कोरोना विरुद्धको एस्ट्रेजेनेका खोप लगाइदैँ

मेचीनगर, भदौ १६ । मेचीनगरमा आज कक्षा १२ का विद्यार्थीहरुलाई कोरोना विरुद्धको एस्ट्रेजेनेका खोप लगाइदैँछ । कक्षा १२ को परिक्षाको तयारी गरिरहेका नगरभरीका विद्यार्थीहरुलाई आज एस्ट्रेजेनेकाको खोप लगाइने मेचीनगर स्वास्थ्य शाखाले जानकारी दिएको छ । खोप लगाउनका लागि सबै तयारी भइसकेको छ । परिक्षा अन्तर्गतको प्रवेश पत्रका आधारमा विद्यार्थीहरुलाई खोप दिन लागिएको हो । विद्यार्थीहरुलाई Read More…