खेलकुद

सुरुवाति अग्रता जोगाउन नसक्दा युरोपेली च्याम्पियन इटाली बराबरीमा रोकियो

काठमाडौं, भदौ १८ ।  फिफा विश्वकप छनोटमा युरोपेली च्याम्पियन इटाली बराबरीमा रोकिएको छ ।

गएराति भएको खेलमा इटाली बुल्गेरियासँग १–१ गोलको बराबरीमा रोकिएको हो । खेलमा सुरुवाति अग्रता लिएपनि जोगाउन नसक्दा इटाली अंक बाढ्न बाध्य भए ।

इटालीका फेडरिको चिइसा गरे भने बुल्गोरियाका लागि इटानास लिभ गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो ।

खेलको १६औं मिनेटमा फेडरिको चिइसाको गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए । ३९ औं मिनेटमा इटानास लिभले बराबरी गोल फर्काए ।

दोस्रो हाफमा दुवै टोलीबाट गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो । यो बराबरीपछि समूह ‘सी’ मा अपराजित नै रहेको इटाली ४ खेलबाट १० अंक जोड्दै शीर्षस्थानमा यथावत रहेको छ । बुल्गेरिया २ अंक जोडेर चौथो स्थानमा छ ।