झापा । सहारा नेपाल सहकारी संस्थाले विजयादशमीको अवसर पारेर आफ्ना सदस्यलाई एक करोडभन्दा बढी रकम बितरण गरेको छ । बिर्तामोड नगरपालिका वडा नम्वर २ चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल सहकारी संस्थाले बिगतका वर्षदेखि नै सहकारीमा आवद्ध आफ्ना शेयर सदस्यलाई राहत रकम प्रदान गर्दै आएको छ । यो वर्ष पनि सहकारीले विजयादशमीको अवसर पारेर एकल Read More…
Day: October 10, 2021
प्रजातान्त्रीक आन्दोलनका योद्धा रामप्रसाद दुलालको स्मृतीमा पत्रकारिता पुरस्कार
झापा । प्रजातान्त्रीक आन्दोलनका योद्धा रामप्रसाद दुलालको स्मृतीमा इलाममा जिल्लाकै सबैभन्दा ठूलो राशीको पत्रकारिता पुरस्कारको घोषणा गरिएको छ । नेपाल प्रेस युनियन इलामले फिक्कलमा आयोजना गरेको विजयादशमी, दिपावली, छठ र नेपाल संवतको शुभकामना आदान प्रदान कार्यक्रममा उक्त पुरस्कार घोषणा गरिएको हो । दुलाल परिवार र नातीनातीनाको तर्फबाट युनियनका केन्द्रिय सदस्य माधव प्रसाद चम्लागाईले प्रत्येक बर्ष Read More…
ढुङ्गाको प्रेम कविता संग्रह लोकार्पण
पाँचथर । ढुङ्गाको प्रेम नामक कविता संग्रहको लोकापर्ण भएको छ । गिरिराज बाँस्कोटाद्धारा लिखित उक्त कविता संग्रहको पाँचथर सदरमुकाम फिदिममा आईतवार लोकापर्ण गरिएको हो । शिखा बुक्सले प्रकाशन गरेको कविता संग्रहको साहित्यकार विमल बैधले कृतिको लोकपर्ण गरका थिए । केन्जो खवर डकमले अयाोजना गरेको कार्यक्रममा विमोचन भएको कृतिमा २७ वटा कविता संलग्न रहेका छन् । Read More…
ब्यासाचार्य खतिवडाद्वारा पत्रकार उपचारकोषमा सहयोग
बिर्तामोड । झापाको अर्जुनधारा स्थित शंखराचार्य पिठ साधुटारका अध्यक्ष ब्यासाचार्य लष्मीप्रसाद खतिवडाले पत्रकार सहारा उपचार कोषलाई ९ हजार ९ रुपैयाँ प्रदान गरेका छन् । नवरात्रको अवसरमा आचार्य खतिवडाले पत्रकारहरुको उपचार कोषमा सहयोग प्रदान गरेका हुन् । आइतबार साधुटार स्थित शंखराचार्य पिठमा महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई र कार्यसमिति सदस्य होमप्रकाश अधिकारीलाई उक्त रकम प्रदान गरेका Read More…
को हुन् ४० घण्टे मन्त्री गजेन्द्र ?
काठमाडौ । गजेन्द्र हमाल जम्मा ३ दिन मन्त्रीपदमा बसेर आज सरकारबाट बाहिरिएका छन् । गत शुक्रबार उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त गरेका थिए । तर हमाल गैरसांसद व्यक्ति भएको र प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणाको जेठान भएकाले मन्त्री बनाइएको भन्दै सर्वत्र आलोचना भयो । हमाल मन्त्री भएको भोलिपल्ट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल Read More…





