संघ \संस्था

चारआली जेसीजको लोम अफिसर तालिम सम्पन्न

बाहुण्डाँगी । चारअली जेसीज को पहिलो कार्यक्रम अन्तरगत प्रि ईन्डक्सन ट्रेनिङ एवं लोम अफिसर ट्रेनिङ २०७८ माघ १ गते शनिवारका दिन मेचिनगर १३ अवस्थित फ्रेन्डसिप कर्नर एण्ड पार्टि प्यालेसमा सम्पन्न भएको हो । बर्ष २०२२ का शाखा अध्यक्ष जेसि वीर बहादुर बेघा ९बिरु० ज्युको अध्यक्षता तथा बर्ष २०२२ का तालिम निर्देशक जेसि भुपेन्द्र प्याकुरेल को संयोजकत्वमा भएको कार्यक्रमको मुल प्रशिक्षण दमक जेसिज बर्ष २०१७ का शाखा अध्यक्ष जेसि गोबिन्दराज कट्टेल रहनुभएको थियो ।

बर्ष २०२२ का पदाधिकारि तथा उल्लेखनीय सख्यामा प्रशिक्षार्थिको सहभागिता रहेको कार्यक्रममा प्रशिक्षक कट्टेलले पदिय जिम्मेवारी र कर्तब्य तथा जेसिजको लक्ष्य र उदेश्यको बारेमा अबगत गराउनु भएको थियो ।

उद्घाटन समारोहको प्रमुख अतिथि नेपाल जेसिज बर्ष २०२२ का राष्ट्रिय उपाध्यक्ष ९चारआलि जेसीजका लागि निरुपित राष्ट्रिय उपाध्यक्ष० कुमार सिंह सावा लिम्बू रहनु भएको थियो भने समापन समारोहको प्रमुख अतिथि क्षेत्र क का लागि निरुपित राष्ट्रिय कार्यकारिणि उपाध्यक्ष जेसि दिपेन्द्र निरौला रहनु भएको थियो । कार्यक्रममा चारआलि जेसीजका संस्थापक अध्यक्ष जेसी बिष्णु प्रसाद रिमाल, बर्ष २०१७ का शाखा अध्यक्ष जेसि धन बहादुर तामाङ, बर्ष २०२० का शाखा अध्यक्ष जेसि दिपेन्द्र निरौला ९बिकास० ज्युको उपस्थिति रहेको कार्यक्रमको संचालन बर्ष २०२२ का महासचिव सुजुप सुवेदीले गरेका थिए ।