बाहुण्डाँगी । लालबन्दी जेसिजको तेस्रो पदस्थापन कार्यक्रम मंगलबार सम्पन्न भएको छ । लालबन्दी नगरपालिका–९, बस्तीपुरस्थित होटल आर्यामा मंगलबार राती अबेर पदस्थापन कार्यक्रम सम्पन्न भएको हो । पदस्थापन समारोहबाट लालबन्दी जेसिज २०२२ को अध्यक्षमा सन्तोष पौडेलसहित अन्य पदाधिकारीहरु घोषणा गरिएको थियो ।

यस अघि भएको अधिवेशनबाट शाखाको कार्यकारिणी उपाध्यक्षमा राजकुमार सिंह र कोमलप्रसाद गौतम, उपाध्यक्षमा उपेन्द्र महतो, सुमन थापा, शिवहरि गौतम र सुनिता खरेल चयन भएका छन् । यसैगरी, अध्यक्ष पौडेलले कानूनी सल्लाहकारमा सरोजबाबु न्यौपाने, महासचिवमा ठाकुर प्रसाद बख्रेल (मनोज) र कोषाध्यक्षमा केशवराज खड्कालाई मनोनित गर्नु भएको छ ।

जेसिजमा एउटा व्यक्ति एक पटक मात्रै सोही पदमा बस्न पाउने व्यवस्था छ । लालबन्दी जेसिज २०२१ का अध्यक्ष श्याम कुमार खड्काको अध्यक्षता तथा लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्काको प्रमुख आतिथ्यतामा आयोजित पदस्थापन कार्यक्रममा जेसिजका राष्ट्रिय उपाध्यक्ष द्वोय नरेशचन्द्र ओझा र रश्मी बस्नेत लगायतको आतिथ्यता रहेको थियो ।

सोही अवसरमा संसथाका लागि सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो भने कार्यकाल सफल बनाउने अध्यक्ष खड्कालाई बोर्डका तर्फबाट सम्मानसहितको मायाको चिनो प्िरदान गरिएको थियो ।

संस्थापक अध्यक्ष किरण घिमिरेका नेतृत्वमा लालबन्दी क्षेत्रका युवाहरुलाई जेसीजमा गोलबन्द गर्ने उदेश्यले स्थापना भएको यो शाखा रत्ननगर महाधिवेशनबाट प्रस्तावित शाखाको स्वीकृत पाएको यो शाखाले गत साल भलबारी महाधिवेशनमा पूर्णता पाएको थियो । स्मरण रहोस यो शाखाले २०२१ मा नेपाल जेसीजबाट विभिन्न विधामा उत्कृष्टता हासिल गर्दै सम्मान भएको थियो ।


