राजनीति शिक्षा

मुल्यबृद्धि बिरुद्ध अनेरास्ववियुको विरोध प्रर्दशन

मेचीनगर। पेटोलियम पदार्थको मुल्यबृद्धि बिरुद्ध एमालेको भातृ संगठन अनेरास्ववियुले विरोध प्रर्दशन गरेको छ । मुल्यबृद्धि फिर्ता लिन माग गदै अनेरास्ववियु मेचीनगरले सरकारको विरोध प्रर्दशन गरेको हो ।

मुलुककै पुर्वीनगरमा कोरोना कहरबिच आयोजना भएको विरोध कार्यक्रम काँकरभिट्टाको बजार परिक्रमा पश्चात कोणसभामा परिणत भएको थियो । विरोधमा सहभागीले मुल्यबृद्धि फिर्ता गर, परमादेशी सरकार मुर्दाबाद, २४ लाख डोज खोप खै सरकार ? लगायतका नारा लगाएका थिए ।

अनेरास्ववियु झापा अध्यक्ष रोशन लामाले परमादेशी सरकारले मुल्यबृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको बताए । रचनात्मक रुपमा सरकारले जनताको ढाड सेक्ने काम छिटोभन्दा छिटो बन्द गर्न आग्रह गर्दै विरोध गरिएको अनेरास्ववियु जिल्ला कार्यालय सचिव सन्तोष धमलाले बताए ।

अनेरास्ववियु मेचीनगर अध्यक्ष विरु मेचेले सञ्चालज गरेको कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्यद्वय डिल्लिराम घिमिरे र टिकाराम मग्रान्ती, एमाले मेचीनगर–६ वडा कमिटी सचिव राजु पौडेल, अनेरास्ववियु जिल्ला कमिटी उपाध्यक्ष लक्ष्मी गौली र बलाराम गिरी, एमालेका युवा नेता सरोज मेहरा, रघुनाथ धिमाल, गणेश कार्कीलगायतको उपस्थिती रहेको थियो ।

नेपाल आयाल निगमले गत बुधबार साँझ पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा साविकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपियाँ वृद्धि गर्दा पेट्रोलको प्रतिलिटर १३९ रुपियाँ पुगेको छ भने डिजेल र मट्टितेल १२२ रुपियाँ पुगेको छ । त्यस्तै आन्तरिक हवाई इन्धनमा पाँच रुपियाँ वृद्धि गरेको थियो ।