संघ \संस्था

अर्जुधनारा जेसीजको लोम अफिसर तालिम सम्पन्न

बाहुण्डागी । अर्जुनधारा जेसिजको आयोजनामा एक दिने शाखा प्रबेस पुर्व प्रशिक्षण तथा शाखा पदाधिकारी तालिम सम्पन्न भएको छ ।
शाखाको सचिवालयमा सम्पन्न तालिममा नेपाल जेसिजका कार्यकारिणी उपाध्यक्ष तथा एरिया ए का निरुपित कार्यकारिणी उपाध्यक्ष दिपेन्द्र निरौलाले प्रशिक्षण दिनु भएको थियो । तालिममा शाखाका ३५ जनाको सहभागिता रहेको थियो ।


शाखा अध्यक्ष भिमबहादुर कुवर राजुको सभापतित्व तथा कार्यकारिणी उपाध्यक्ष दिपेन्द्र निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पुर्व अध्यक्ष दिपिन राइ, प्रल्लाद ढुंगाना, टिकाराम गौतम, भास्कर भट्टराइलगायतको सहभागिता रहेको थियो ।
कार्यकारिणी उपाध्यक्ष प्रेमकुमार खड्काले स्वागत गरेको कार्यक्रमकओ सन्चालन महासचिव बरुणकुमार माझीले गर्नु भएको थियो ।