संघ \संस्था

धुलावारी जेसीजको लोम अफिसर तालिम सम्पन्न

बाहुण्डाँगी । धुलावारी जेसीजले शाखाका पदाधिकारीहरुलाई लोम अफिसर तालिम पदान गरेको छ । शाखाको सचिवालयमा समपन्न तालिममा नेपाल जेसीजका प्रशिश्रक गोबन्दि कट्टेलले सहजीकरण गर्नु भएको थियो । तालिममा शाखाका पदाधिकारी तथा जुनियर जेसीजका ३० जनाको सहभागिता रहेको थियो ।
शाखाका अध्यक्ष रबिन्द्र पाठकको सभापतित्व तथा नेपाल जेसीजका उपाध्यक्ष कुमारसिंह साँवाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल जेसीजका उपाध्यक्ष तथा निवर्तमान अध्यक्ष राजिव प्रसाई, शाखाका पूर्व अध्यक्ष दिनेश शाक्य, पूर्व अध्यक्ष मिलनराज प्रसाईलगायतले बोल्नु भएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष रबिनद्र पाठकलले २०२२ लाई तालिम वर्षको रुपमा लैजाने र वर्षभरी विभिन्न तालिमहरु सञ्चालन गर्ने बताउनु भयो । साथै उहाँले नेपाल जेसीजबाट समेत सहयोग रहने बताउनु भयो । कार्यक्रम संयोजक मञ्जिल रसाइलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव योगेश राजवंशीले गर्नु भएको थियो ।