शिक्षा

लागुऔषध दुर्ब्यसन विरुद्ध चेतनामूलक सर्ट मूभी प्रतियोगितामा केर्खा पब्लिक बोर्डिङ्ग स्कूल प्रथम

झापा । अन्तर बाल क्लब स्तरिय लागुऔषध दुर्ब्यसन विरुद्धको चेतनामूलक सर्ट मूभी प्रतियोगितामा झापाको कमल ३ स्थित केर्खा पब्लिक बोर्डिङ्ग स्कूल प्रथम भएको छ ।

भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस् !

केर्खा पब्लिक बोर्डिङ्ग स्कूलको भिडियो हेर्न
यो लिङ्कमा क्लिक गर्नुहोस्

सहिद माङ्तोक टोल विकास संस्था चुलाचुली १ को आयोजनामा बालमैत्री स्थानीय शासन तथा लागुऔषध विरुद्ध सचेतना कार्यक्रम अन्तर्गत भएको प्रतियोगितामा केर्खा पब्लिक बोर्डिङ्ग स्कूलको कोपिला बाल क्लब प्रथम भएको हो । योसंगै केखा पब्लिक स्कूलले नगद ५ हजार प्राप्त गर्यो । प्रतियोगितामा इलाम चुलाचुली १ को इमोर्टल एकाडेमी दोस्रो भयो । इमोर्टल एकाडेमीको हाम्रो अकर बाल क्लब दोस्रो हुँदै नगद ३ हजार प्राप्त गर्यो ।

त्यस्तै इलाम चुलाचुली १ कै जनता मावि तेस्रो भयो । जनता माविको समावेसी कमल बालक्लब तेस्रो हुँदै नगद २ हजार र प्रमाणपत्रमा चित्त बुझायो ।

चुलाचुली गाँउपालिका अध्यक्ष प्रदिपचन्द्र राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चुलाचुली १ का वडाध्यक्ष पूर्ण लावती(ध्रुर्व) को बिशिष्ठ आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रेमियुस भुटिया उत्प्रेरक एवम् लागु औषध दुव्र्यसन बिरुद्ध प्रशिक्षक र रिता पोखरेल चुलाचुली गापा महिला तथा बालबालिका शाखा प्रमुख सहजकर्ताको रुपमा रहेका थिए ।

कार्यक्रमको अध्यक्षता आयोजक संस्था सहिद माङ्तोक टोल विकास संस्थाका अध्यक्ष सन्तोष थाम्सुहाङले गरेका थिए ।

भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस् !