मेचीनगर । झापा मेचीनगरका युवा समाजसेवी एवम् नेकपा एमाले मेचीनगर ८ का वडा कमिटि अध्यक्ष बिष्णु भट्टराईले बुद्धबहादुर दर्जीलाई सोलार सेट सौजन्य गरेका छन् ।
बिगत लामोसमयदेखि आर्थिक अभावका कारण टुकी बालेर बस्दै गरेका शारिरीक असक्त मेचीनगर ८ स्थित नमुना टोल निवासी दर्जीलाई बिहिबार भट्टराईले आफ्नो स्वर्गिय बुबा आमालगायत पितृहरुको सम्झनामा एक थान सेट सोलार सौजन्य गरेका हुन् ।
राजनीति संगै सामाजीक क्षेत्रमा पनि सक्रिय भट्टराईले बिगत लामो समय देखि विभिन्न क्षेत्रमा सहयोग पुर्याउदै आएका छन् । सोहि कार्यलाई निरन्तर्ता दिन आर्थिक अभावका कारण अध्यारोमा बस्न बाध्य बुद्धबहादुर दर्जीलाई आफूले सहयोग गरेको बताए ।
विपन्न, असाय तथा पछाडी परेकाहरुलाई दिल खोलेर सहयोग गर्दै आएका भट्टराईले आगामी दिनमा पनि सामाजिक कार्यमा निरन्तर लागिरहने बताए ।
भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस् !

