राजनीति

एमाले मेचीनगरद्वारा धुलावारीमा शक्ति प्रदर्शनी

मेचीनगर । नेकपा एमाले मेचीनगरले आज धुलावारीमा शक्ति प्रदर्शन गरेको छ । स्थानीय चुनावको प्रचार गर्न पाउने अन्तिम दिन मंगलबार एमालेले धुलावारीको पुरानो चिया विकास निगमको खुला मैदानमा चुनावी सभाको आयोजना गरेको थियो । एमालेविरुद्ध तीन दलीय गठबन्धन र अरु उम्मेद्वारको घेराबन्दी भएको बेलामा एमालेले आयोजना गरेको सभामा विशाल उपस्थिति देखेर विपक्षी दलहरु समेत तर्सिएका Read More…

राजनीति

अहंकार तोड्न तालमेल : महामन्त्री शर्मा

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहंकारको घोडा चढ्नेलाई ओराल्न तालमेल भएको बताएका छन् । संयुक्त गठबन्धन बिर्तामोडद्वारा मंगलबार बिर्तामोडमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले अहंकारको घोडा चढ्नेलाई ओराल्न गाह्रो हुने भन्दै त्यसको लागि दलहरुबीच तालमेल भएको बताएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीतर्फ इङ्गित गर्दै पैसा तिरेर कन्यामको घोडा Read More…

समाचार

आज रातिदेखि मौन अवधि लागू हुँदै: के गर्न पाइन्छ, के-के पाइँदैन ?

काठमाडौं । वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि आज मंगलबार रातिदेखि मौन अवधि लागू हुँदैछ । मौन अवधिमा प्रचार प्रसारलगाायतका गतिविधिमा निर्वाचन आचारसंहिता लागू हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आचारसंहिता उल्लंघन गरेको पाइए आयोगले कारबाही गर्नेछ । यस अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाइने छैन । Read More…

अन्तर्वार्ता

जनताको अपार समर्थन एमालेलाई छ: गोपाल बुढाथोकी

मेचीनगर । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट मेचीनगर नगरपालिकाको प्रमुख पदमा इमानदार, कुशल र स्वच्छ छवि भएका गोपाल चन्द्र बुढाथोकी उम्मेद्वार बनेका छन् । बुढाथोकीसँग लोकतन्त्र पोस्टका अर्जुन कार्कीले लिएको अन्तरवार्ता प्रस्तुत छ । कोण सभा र घरदैलो अभियान कस्तो रह्यो ? अत्यन्तै उत्साहबर्धक र जनताको सहभागिता राम्रो रह्यो Read More…

राजनीति

सारङ्गीको तालमा जनवादी गीत गाँउदैं मत माग्दै मेचीनगर एमाले

मेचीनगर । नेकपा एमाले मेचीनगर ४ ले पृथक र पुख्र्यौली शैलिमा आसन्न निर्वाचनको लागी मत मागीरहेको छ । एमालेबाट मेचीनगर ४ का वडाध्यक्षका प्रत्यासी अर्जुनकुमार कार्की र उनको टिमले वडामा सारङ्गीको तालमा जनवादी गीत गाँउदै वडाबासीलाई मत मागीरहेका छन् । लामो समयदेखि प्रकृति संरक्षण, वातावरण तथा पर्यटन सम्बन्धी काममा सक्रिय कार्की प्रखर बक्ताको रुपमा परिचित Read More…

समाचार

मतदाता परिचयपत्र नभएकाले पनि मतदान गर्न पाउने

झापा । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र नभएकालाई पनि मतदान गर्न मिल्ने व्यवस्था गर्ने जनाएको छ। आयोगले आफ्नो परिचय खुल्ने आधिकारिक कागजातका आधारमा मतदान गर्न दिने तयारी गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। मतदाता परिचयपत्र भएकाहरुले भने सजिलै मतदान गर्न सक्नेछन्। नियमित पत्रकार सम्मेलनमा पौडेलले ५ सयभन्दा बढी मतदाता भएका Read More…