समाचार

मेचीनगरमा स्थगित भएको मतगणना भर्खरै सुचारु

मेचीनगर । मेचीनगरमा हिजो मध्यरातबाट स्थगित भएको मतगणना सुचारु गर्ने राजनीतिक दलहरुबीच सहमति भएको छ । वडा नं १ को मतगणना भइरहँदा स्थगित भएको थियो । गणना स्थलमा प्रतिनिधि राख्ने विषयमा एमाले र माओवादी केन्द्रबीच विवाद भएको थियो । आज बसेको सर्वपक्षीय बैठकले मतगणना सुचारु गर्ने सहमति गरेको निर्वाचन अधिकृत वेदराज फुयलले जानकारी दिए । Read More…

समाचार

अर्जुनधारा-१ को वडाध्यक्षमा कांग्रेस, सदस्यमा एमाले विजयी

झापा । झापाको अर्जुनधारा नगरपालिका –१मा वडाध्यक्षमा कांग्रेसका उपेन्द्र बस्नेत विजयी भएका छन् । एमालेका विष्णुलाल ढकाललाई पछि पार्दै बस्नेत वडाध्यक्षमा निर्वाचित भएका हुन् । वडासदस्यमा भने सबै एमालेका उम्मेदवार विजयी भएका छन् । वडासदस्यमा मदनकुमार लिमेल मगर, उमा खत्री, इन्दिरा रमदम र दिनेश घिमिरे विजयी भएका हुन् ।

समाचार

कमल गाउँपालिका १ मा कांग्रेसको प्यानल नै विजयी

झापा । झापाको कमल गाँउपालिका वडा नम्वर १ मा नेपाली काँग्रेसको प्यानलै विजयी भएको छ । काँग्रेसबाट वडा अध्यक्षमा उम्मेद्वार बनेका केदार कटुवाल विजयी भएका हुन् । उनले १ हजार ७ सय ८६ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका श्यामबहादुर कार्कीले १हजार ६३ मत ल्याए । अन्य चार सदस्य पनि कांग्रेसले जितेको छ । Read More…

समाचार

कचनकवल- १ मा काँग्रेसका वडा अध्यक्षसहित प्यानल नै निर्वाचित

झापा । कचनकवल गाउँपालिका- १ मा नेपाली काँग्रेसका वडा अध्यक्षसहित प्यानल नै निर्वाचित भएका छन् । कचनकवल १ मा राप्रपाका उम्मेदवारलाई पछि पार्दै काँग्रेसका महावीर लिम्बु ३३२ मतान्तरले निर्वाचित भएका हुन् । लिम्बुले १४४२ मत ल्याएकोमा राप्रपाका लक्ष्मीनारायण यादव १११० मत ल्याएका छन् । यादव निवर्तमान वडा अध्यक्ष हुन् । त्यस्तै एमालेका धनलाल राजवंशी २८८ र माओवादी Read More…

समाचार

ओलीको गृहनगर दमक-१ मा एमालेको प्यानल नै विजयी

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका वडा अध्यक्ष उम्मेदवार हरि नेउपानेको प्यानल नै विजयी भएको हो । मत परिणाम अनुसार अध्यक्षमा नेउपानेले १ हजार २ सय ८८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी गठबन्धनका तारा अधिकारीले १ हजार २ सय ६३ मत Read More…