बाहुण्डाँगी। इमाडोल जेसीज बर्ष २०२२को आयोजनामा भइ रहेको जेसीज सप्ताह अन्तर्गत पाचौं कार्यक्रम स्वस्थ्य जीवनको लागी योगअभ्यास सम्पन्न भएको छ । उपस्थित बोर्डका पदाधिकारी तथा स्थानीयवासीहरुलाई योग प्रशिक्षक जमुना भुजेलले योग प्रशिक्षण दिनुभएको थियो ।
हात्तिवन फुटसल ललितपुरमा आयोजित योग प्रशिक्षणमा सुर्य नमस्कार, सुपाइन ट्वीस्ट, भ्रस्त्रीका प्रणायम, कपालभाती, अनुलोम–विलोम, मण्डुक आसन लगायतका योगअभ्यास गरिएको थियो ।

योग प्रशिक्षक जमुना भुजेलले स्वस्थ जिवन शैलीको आधार नै योग भएको बताउदै, एक दिन वा केही घण्टाको योगअभ्याशले मात्र पर्याप्त नहुने भन्दै हरेक दिन योग गरेमात्र मानसिक र शारिरिक रुपमा स्वस्थ रहन सकिने बताउनुभयो ।

ब्यस्त जिवनशैलीलाई ब्यवस्थित गर्न योगको महत्वपुर्ण भुमिका भएकाले जेसीज सप्ताहमा योगअभ्यास कार्यक्रम समाबेश गरिएको इमाडोल जेसीज बर्ष २०२२का अध्यक्ष इच्छा गुरुङले बताउनु भयो ।

इमाडोल जेसीज बर्ष २०२२ की उपाध्यक्ष पुजा रेग्मी महन्त र सदस्य श्रीजना श्रेष्ठले जेसीज सप्ताह अन्र्तगत योगअभ्यास कार्यक्रमलाई संहजता प्रदान गर्नुभएको हो । जेसीज सप्ताहको मुख्य संयोजक महासचिव सुजन श्रेष्ठ हुनुहुन्छ ।

