संघ \संस्था

रजहर जेसीजद्धारा झाँक्रे भञ्ज्याङमा वृक्षारोपण

बाहुण्डाँगी । रजहर जेसीजको आयोजनामा वृक्षारोपण सम्पन्न भएको छ । नवलपुरस्थित झाँक्रे भञ्ज्याङ पिक्निक स्थलमा जेसीजले विभिन्न जातका विरुवाहरु रोपको थियो । उक्त विरुवा देवचुली नगरपालिका कृषि विकास शाखा रजहरले उपलब्ध गराएको थियो ।


शाखाका अध्यक्ष इश्वर लोहोनीको सभापतित्व तथा देवचुलि न पा वडा नम्बर ४ वडा अध्यक्ष गिर बहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको संयोजक निरज रायामामझी थिए भने सञ्चालन महासचिव प्रदिप अधिकारीले गर्नु भएको थियो । कार्यक्रममा विशेष उपस्थिति अमरज्योति सामुदायिक वन का अध्यक्ष ,वडा नम्बर ४ वडा प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।