संघ \संस्था

बुटवल जेसीजको आर्थिक ऐन बारे तालिम

बाहुण्डाँगी । बुटवल जेसिजको आयोजनामा आर्थिक ऎन २०७९, अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ।

बुटवल जेसिज बर्ष २०२२ का अध्यक्ष जेसि चन्द्रमणि भुसालको अध्यक्षता र महासचिव जेसि मोहन न्यौपानेको संचालनमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य दिदै कार्यक्रमको उदेश्य माथी अध्यक्ष चन्द्रमणि भुसालले प्रकाश पारे।

नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ लुम्बिनी प्रदेशका नवनिर्वाचित अध्यक्ष सिए प्रेम भुर्तेलको प्रमुख प्रशिक्षण र नेपाल एकाउन्टेन्ट संघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष सिए सगुन खनालको प्रशिक्षण रहेको उक्त कार्यक्रममा प्रशिक्षकद्वयले आर्थिक बर्ष २०७९र८० को बजेटमा समेटिएका विषय, करको दायरा , आर्थिक ऎन लगायतका विभिन्न बिसय बस्तुमा प्रकाश पार्दै सहभागीहरुले उठाएका जिज्ञासाहरु मेट्ने प्रयास गरेका थिए।

बुटवल उधोग बाणिज्य संघका पुर्ब अध्यक्ष एव बुटवल जेसिजका पुर्ब अध्यक्ष तथा सल्लाहकार नवराज श्रेष्ठ , बुटवल उधोग बाणिज्य संघका महासचिवमा एव बुटवल जेसिजका पुर्ब अध्यक्ष तथा सल्लाहकार बिमलराज भट्टराई , नेपाल पुस्तक तथा स्टेसनरी ब्यबसायी महासंघ जिल्ला शाखा रुपन्देहीका अध्यक्ष रामकृष्ण चापागाई, रुपन्देही ब्यापार संघका निवर्तमान अध्यक्ष यमलाल लोहनी ,बुटवल जेसिजका पुर्ब अध्यक्ष एवं बोर्ड अफ ट्रष्टिजका अध्यक्ष बिन्ध्याकेशर जोसि , पुर्ब अध्यक्ष एव सल्लाहकारहरु मथुरा पिया, दिनेश कुमार श्रेष्ठ ,राजु पौडेल पुस्तक व्यावसायीहरु, बुटवल जेसिज बोर्डका पदाधिकारी तथा सदस्यहरु , विभिन्न संघ सस्थाका प्रतिनिधिहरु , शिक्षक , बिद्यार्थीहरु लगायत करिव १२० जनाको सो कार्यक्रममा सहभागीता रहेको बुटवल जेसिजका मिडिया संयोजक जेसि आबिस्कार खनालले जानकारी दिए।