विचार

स्थानीय तहले जनतालाई मास्क र सेनिटाइजर दिन सक्दैनन् ?

झापा, चैत ८ । मेचीनगर नगरपालिकाले आफ्ना नगरभित्रका जनतालाई मास्क र सेनिटाइजर वितरण गर्नु पर्ने माग उठ्न थालेको छ । नगरवासीले सामाजिक सञ्जालमार्फत यस्तो आवाज उठाएका हुन् । नेपाल पत्रकार महासङ्घ झापाका सचिव सन्तोष आचार्यले आफ्ना नगरवासीलाई सुरक्षित र आश्वस्त पार्न प्रत्येक नागरिकलाई एक एक थान मास्क वितरण गर्नु पर्ने बताएका छन् ।

मेचीनगरका स्थायी बासिन्दा समेत रहेका आचार्यले प्रश्न गर्दै सामाजिक सञ्जालमा लेखेका छन्– आफ्ना नगरवासीलाई सुरक्षित र आश्वस्त पार्न प्रत्येक नागरिकलाई एक एक थान मास्क वितरण गर्दा कति नै खर्च हुन्थ्यो होला र ? सङ्कटमा नेतृत्वको पहिचान हुने भन्दै पत्रकार आचार्यले जनताका आवश्यकता र नेताका रहर मेल नखाएको टिप्पणी गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्–‘मेचीनगरको कूल जनसङ्ख्या एक लाख १२ हजार आसपास छ । नगरको बजेट डेढ अर्बको छ, सङ्घीय र प्रदेश सांसदले पनि करोडौँको बजेट चलाउँछन् । जनता मास्क र सेनिटाइजरको अभावमा छन् । जनताको आवश्यकता र नेताको रहर मेल खाएन । अवसर र आवश्यकताको पहिचान गरौं । संकटमा नेतृत्वको पहिचान हुन्छ।’

Leave a Reply

Your email address will not be published.