मेचीनगर, जेठ १८ । मेचीनगरमा थप एक जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
मेचीनगर–१० स्थित टिकापुर रिङरोड नजिकैका ५६ वर्षीय पुरुषको मंगलबार विहान १० वजे भद्रपुर स्थित मेची अस्पतालमा उपचारका क्रमममा मृत्यु भएको मेचीनगर नगरपालिका कोभिड संयोजक नबिन बरालले बताए ।
उनको जेठ ९ गते एन्टिजेन टेष्ट गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।
उनको आज दिउसो धुलाबारी निन्दा खोलामा नेपाली सेनाले दाहसंस्कार गर्ने तयारी भइरहेको संयोजक बरालले जानकारी दिए ।
योसँगै मेचीनगरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।

