नरेन इलामेली
इलाम, जेठ १८ । इलाममा मंगलबार विहान भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ ।
जिल्लाको इलाम नगरपालिका-११ आले चोक स्थित भित्रि सड्क खण्डमा बिर्तामोड बाट जितपुर तर्फ गोलिया लिन जाँदै गरेको ना.२ ख.९२०५ नं.को खाली ट्रकले पैदल यात्री सोही स्थान बस्ने वर्ष-८२ को पदम बहादुर तामाङ लाई ठक्कर दिँदा निजको घटना स्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटना पछि तत्काल अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक किशोर तामाङको कमाण्डमा टोलि खटि गएको छ । ट्रक चालक पाँचथरको हिलिहाङ गाँउपालिका ७ बस्ने वर्ष-२३ को चन्द्र बहादुर तामाङ प्रहरी चौकी चिसापानीको नियन्त्रणमा रहेको र ठक्कर दिने ट्रक घट्ना स्थलमा नै रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
दुर्घटना बारे थप अनुसन्धान कार्य भई रहेको छ जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक लालध्वज सुबेदीले जानकारी दिएका छन्।

