झापा, चैत ८ । मेचीनगर ७ का यूवाहरुले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९)को संक्रमणबाट बच्न सचेत गराउदै मेचीनगरको काँकरभिट्टा स्थित पूर्वी नाकामा मास्क वितरण गरेका छन् ।

शनिवार कराते खेलका प्रशिक्षक समेत रहेका समाजसेवी राजु सिवाकोटीको संयोजकत्वमा राप्रपा मेचीनगर अध्यक्ष शुशिल आचार्य, सविना बजगाई, मुक्ती काफ्ले, राजन बुढाथोकी, गोबिन्द बुढाथोकीलगायतका युवाहरुको सहभागीतामा कोरोना भाईरस सम्बन्धी सचेतना जगाउदै ५ सय मास्क वितरण गरेको हो छ । जस अन्तर्गत जनताको शुरक्षका लागि अहोरात्र खटिने नेपाल प्रहरीलाई एक सय ५०, सशस्त्र प्रहरीलाई एक सय र बाकी अन्य सर्वसाधारणलाई उक्त मास्क वितरण गरेको हो ।
संयोजक सिवाकोटीले थप ५ सय मास्क वितरण गर्ने बताए । साथै उनले अहिले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस विरुद्ध जनचेतना फैलाउदै सचेतनाका कार्यहरु सबैले आआफ्ना ठाउबाट गर्नु पर्ने बताए ।

