संघ \संस्था

भानु जयन्तीमा कालिका जेसीजद्धारा गजल तथा कविता प्रतियोगिता

बाहुण्डाँगी । नेपाली भाषा र साहित्यका महान व्यत्ति आदिकवि भानुभक्तको २०९ औँ जन्मजयन्तीको अवसर पारेर कालिका जेसीजद्वारा गजल तथा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । प्रतियोगितामा विभिन्न कविहरुले आफ्नो साहित्यक रचना कविता प्रस्तुत गरेका थिए ।

भाषा र साहत्यिमा भानुभक्तले पुरयाएको योगदानका बारेमा समेत कार्यक्रममा चर्चा गरिएको थियो । शाखाकी अध्यक्ष मेनुका थापाको सभापतित्व तथा कालिगण्डकी साहित्यीक मञ्चका अध्यक्ष गणेश शर्मा पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा रुविन पौडेल तथा रामलाल कुमाल को उपस्थिति रहेको ।]

कार्यक्रममा सस्थाका कार्यकारिणि उपाध्यक्ष निरन्जन सापकोटाले स्वागत मन्तब्य दिनुभएको थियो उक्त कार्यक्रमको सञ्चालन कार्यक्रम सम्योजक अमृत अमगाई गर्नु भएको थियो ।