बुटवल । नारीहरुको महान चार्ड तीजलाई लक्षित गर्दै ‘लेहेङ्गा लगाउँछु’ म्युजिक भिडियो बुधवार सार्वजनिक गरिएको छ ।
आधुनिक गायिका कल्पना कुसुम पाण्डेको स्वरमा रहेको उक्त म्युजिक भिडियो भानु जयन्तीको अवसर पारेर अफिसियल युट्युब च्यानल कल्पना कुसुमबाट रिलिज भएको सार्वजनिक गरिएको हो ।

पछिल्लो वर्ष तीजका गितहरु तडकभडक बन्दै गएको अवस्थामा ‘लेहेङ्गा लगाउँछु’ विशुद्ध सामाजिक परिवेशलाई आधार मानेर निर्माण गरिएको छ । अर्जुन पोखरेलको संगित रहेको गितमा संगीत संयोजन केशव बुढाको रहेको छ । यसैगरी, गितकार शिव सुवेदीको रचना रहेको गितमा अर्जुन तिवारीको छायाँकन रहेको छ ।

निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेको उक्त भिडियोमा चर्चित चलचित्रकी नायिक बर्षा राउतले अभिनय गरेकी छिन् ।
डान्सिङ गित रहेको उक्त भिडियोले यो वर्षको तीजमा राम्रै व्यपार गर्ने अनुमान गरिएको छ ।
यस्तो छ भिडियो

