खेलकुद

एथ्लेटिको बिल्वाओ अन्तिम चारमा प्रवेश

काठमाडौं, माघ २३ । एथ्लेटिको बिल्वाओ स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाईनलमा प्रबेश गरेको छ ।

कवार्टरफाईनलको खेलमा गएराती रियल बेटिसलाई पेनाल्टि सुटआउटमा ४–१ गोल अन्तरले हराउदै बिल्वाओले अन्तिम चारको यात्रा तय गरेको हो । निर्धारित र अतिरिक्त समयको खेल एक एक गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टि सुटआउटबाट गरिएको हो ।

बिल्वाओको जितसंगै प्रतियोगीताको सेमिफाईनल पुग्ने सबै टोलीको टुंगो लागेको छ । यसअघि सेभिया, लेभान्ते र बार्सिलोनाले अन्तिम चारको यात्रा तय गरिसकेका छन् ।