संघ \संस्था

रजहर जेसीजद्धारा धुप बनाउने तालिम

बाहुण्डाँगी । रजहर जेसीजको आयोजनामा आमा समूह तथा जेसीज महिलाहरुका लागि १ दिने निःशुल्क बाटेको धुप बनाउने तालिम सम्पन्न भएको छ । कालिका केवल नेटवर्क प्रा. लि. को प्रमुख प्रायोजन र आर्यन एण्ड आरुसि सुनचाँदि पसलको सह प्रायोजनमा भएको तालिममा १३ आमा समुहका प्रति समूह ६ जना सदस्य र रजहर जेसिज महिला सदस्यहरुगरी ८४ जनाको सहभागिता रहेको थियो । सहभागिलाई प्रशिक्षक माया श्रेष्ठ ज्यू तथा राधिका अधिकारीले सहजीकरण गर्नु भएको थियो ।


शाखाका अध्यक्ष ष्श्वर लोहोनीको सभापतित्व तथा गण्डकी प्रदेश प्रशिक्षण प्रतिस्ठान सदस्य तथा नेपाल बालबालिका संगठन नवलपुर जिल्लाकी अध्यक्ष बिष्णु पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा देवचुलि न पा वडा न १६ का वडा अध्यक्ष केशवराज गौतम, रजहर जेसीजका पुर्व अध्यक्ष तथा नेपाल जेसीजका पुर्व राष्ट्रिय उपाध्यक्ष राजन गौतम ,रजहर जेसीजका पुर्व अध्यक्ष सन्तोष थापा , प्रमुख प्रायोजक कालिका केवल नेटवर्क प्रा लि कि प्रोपाइटर धनेश्वरी ढकाल कोइराला (गंगा), सह प्रायोजक आर्यन एण्ड आरुसि सुनचांदी पसलकी प्रोपाइटर कोपिला बि क, धुसेरी सामुदायीक वनका पुर्व अध्यक्ष इन्द्र प्र अधिकारी लगायतले कार्यक्रम सफलतको शुभकमना दिएका थिए ।

सहभागिले अत्यन्तै थोरै समयमा पनि धेरै ज्ञान लिन सकियको र अब आफैले पनि बाटेको धुप बनाएर आफ्नो ब्यक्तिगत प्रायोजनका लागि वा ब्यबसायीक प्रायोजका लागि पनि आफुहरुले बत्ति बनाउने सक्ने दाबि गर्नु भयको थियो ।