मेचीनगर । आदर्श धिमाल समाज मेचीनगरको अध्यक्षमा टुलेन धिमाल सर्वसम्मत भएका छन् । शनिबार मेचीनगर ८ स्थित सनसाईन बोर्डिङ्ग स्कूल परिसरमा सम्पन्न समाजको पाचौं साधारण सभाले आगामी तीन बर्षको लागि टुलेनको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो ।

समितिको उपध्यक्षमा लक्ष्मी धिमाल, सचीवमा रोहित धिमाल,सहसचिवमा पदम धिमाल र कोषध्यक्षमा रबिन्द्र धिमाल चयन भएका छन् । त्यस्तै समितिको सदस्यहरुमा सशिप धिमाल, सुकदेब धिमाल, पुनम धिमाल र मिरा धिमाल रहेका छन् ।
कार्यवाहक अध्यक्ष जितेन्द्र धिमालको सभापतित्वमा आयोजित साधारण सभामा प्रमुख अथिती धिमाल जाती बिकास केन्द्रका केन्द्रीय सदस्य बिकेन्द्र कुमार धिमाल रहेका थिए । कार्यक्रममा मेचीनगर ८ का वडाध्यक्ष गिरिराज धमला, कार्यपालिका सदस्यद्वय चित्र कुमार धिमाल र कविता मिजार, मेचीनगर ८ का वडासदस्य बिस्णु भट्टराई, मन कुमारी गिरी, आदर्श धिमाल समाजका पूर्व अध्यक्ष रघुनाथ धिमाल, समाजका सल्लाहकार संयोजक सुबास मिजार र समाजका माझी वाराङ्ग कृष्ण धिमालको आतिथ्यता रहेको थियो ।

सस्थाका सचिव सचिब रबिन्द्र धिमालले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य लक्ष्मी धिमालले गरेकी थिईन् ।

