धर्म संस्कृती स्वास्थ्य

बाहुण्डाँगीमा तिजको दर र स्वास्थ्य शिविर सम्पन्न

मेचीनगर । झापाको बाहुण्डाँगीमा तिजको दर खाने कार्यक्रम र स्वास्थ्य शिविर एकै दिन सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा प्रमुख आतिथ्यता प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीको रहेको थियो ।

मेचीनगर ४ वडा कार्यालयको आयोजनामा तथा दिब्यज्योती आँखा हस्पिटल काँकरभिट्टाको प्राविधिक सहयोगमा आयोजित स्वास्थ्य शिबिरमा १५० जना बढीले आखा, नाक, कान र घाँटीको स्वास्थ्य परिक्षण गराएका थिए ।

त्यस्तै मेचीनगर ४ वडा कार्यालय र जागेस्वर शिवालय मन्दिर परिवारको संयुक्त आयोजनामा मेचीनगर ४ का महिलाहरुलाई दर खुवाईएको थियो ।

कार्यक्रममा प्रमुख अथिती माननीय मैनाली वडाध्यक्ष अर्जुनकुमार कार्की, वडा सदस्य पवन बराईली, महिला सदस्य गीता मगर, धनमाया कोइराला, नुर बाहदुर कार्की, मेची उद्योग वाणिज्य संघका सचिव रबि नेपाललगायतको आतिथ्यता रहेको थियो ।