संघ \संस्था

महिलाहरुलाई छमछमी नचाउँदै गछिया जेसीजको सप्ताह सम्पन्न

बाहुण्डाँगी । गछिया जेसीजको २०२२ को जेसीज सप्ताह तीज विषेश कार्यक्रम सम्पन्न भएको छ । सुन्दरहरैचा ७ गछिया बजार आयोजित तिज विशेष कार्यक्रममा स्थानीय दिदीबहिनीहरुको नृत्य प्रतियोगिता भएको थियो । नृत्यमा सहभागि सबैलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा ३ दर्जन भन्दा बढीले नृत्यमा सहभागि भएका थिए ।


शाखाका अध्यक्ष मदन दाहालको सभापतित्व तथा संस्थापक प्रथम महिला निर्मला पराजुली घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शाखाका पूर्व अध्यक्ष तथा विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


भदौ ४ गते तालिमद्धारा उद्घाटन गरिएको सप्ताहमा बुद्ध प्राविमा शैक्षिक समाग्री वितरण, गछिया खेल मैदानमा स्वास्थ्यका लागि फुटबल, जेष्ठ नागरिक सम्मान, स्थानीय मन्दिरलाई डस्विन तथा फूलका विरुवा वितरण, ट्राफिक जनचेतना सहित गछिया चोकमा जेब्रा क्रस निर्माण गरी सप्ताह सम्पन्न गरेको हो ।


मूल संयोजक तथा कार्यकारीणी उपाध्यक्ष सुमिता कट्वालले स्वागत गरेको कार्यक्रममा आस्थापाठ कानुनी सल्लाहकार प्रदिप विष्टले गर्नु भएको कार्यक्रमको सञ्चालन महासचिव पुष्पा ढुङ्गेलले गर्नु भएको थियो ।