बाहुण्डाँगी । मेचीनगर लेडि जेसिजको आयोजनामा व्यवस्थित बैठक प्रणाली पार्लामेन्टरी प्रोस्युडर तालिम शनिबार सम्पन्न भएको छ ।
जेसिजको बैठक सञ्चालनका प्रक्रिया तथा व्यवस्थित र मर्यादित बैठक सञ्चालनका बिषयमा संस्कार एकाडेमीका फाउण्डर, नेपाल जेसिजका अन्तराष्ट्रिय ट्रेनर, राजाबाबु शाहाले प्रशिक्षण गराउनुभएको थियो ।
प्रशिक्षणमा मेचीनगर लेडि जेसिजका ३० वढि सदस्य तथा बोर्डका पदाधिकारी, र पुर्व पदाधिकारीहरुले लाभ लिनुभएको थियो ।

मेचीनगर लेडि जेसिजकी अध्यक्ष रश्मि थापाको अध्यक्षता तथा प्रशिक्षक राजाबावु शाहाको प्रमुख आतिथ्यतामा भएको प्रशिक्षणमा सामुहिक रुपमा आश्था बाचन गरिएको थियो । तालिम संयोजक शर्मिला तिम्सिनाले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन महासचिव सविता पोख्रेलले गर्नुभएको थियो ।
तालिममा सहभागिहरुले पार्लामेन्टरी प्रोस्युडर तालिमले अन्य संस्थामा पनि व्यवस्थित र मर्यादित रुपमा बैठक सञ्चालन गर्न मदत पुग्ने बताएका थिए । कार्यक्रममा शाखाका पूर्व अध्यक्षहरु तुलसा दंगाल, मन्जु भण्डारी, सुशिला खतिवडालगायतलको सहभागिता रहेको थियो ।


