राजनीति

पेरिसडाँडामा बस्ने भनिएको नेकपाको सचिवालय बैठक स्थगित, ४ गतेलाई बोलाइयो

काठमाडौं, असोज २ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको सचिवालय बैठक फेरी स्थगित गरिएको छ । बैठक असोज ४ गतेलाई बोलाएको छ ।

आज बिहान पेरिसडाँडामा सचिवालय बैठक बस्ने तय भएको थियो । तर, सचिवालय सदस्यहरुलाई असोज ४ गते आइतबारसम्मका लागि बैठक स्थगित भएको सूचना पठाइएको छ ।

पूर्व माओबादीको कार्यालयमा ओली प्रधानमन्त्री केपी शर्मा ओलीलाई जान असहज हुने भएपछि बैठक स्थगित गरिएको स्रोतको भनाइ छ ।