संघ \संस्था

वीरता जेसीजद्वारा ज्येष्ठ नागरिकलाई सम्मान तथा भोजन ग्रहण

बाहुण्डाँगी । वीरता जेसीजको आयोजनामा बिर्तामोड –४ मा रहेको परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई सम्मानसहित खाना खुवाएको छ । ज्येष्ठ नागरिक सम्मान तथा भोजन ग्रहण कार्यक्रमको आयोजना गरी वृद्धवृद्धाहरुलाई सम्मानसहित खाना खुवाएको वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरीले बताए । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम गरिएको उनले बताए । वीरता जेसीजका अध्यक्ष Read More…

संघ \संस्था

धुलावारी जेसीजका सप्ताहमा फुट्सल प्रतियोगिता

बाहुण्डाँगी । धुलाबारी जेसीजको जेसीज सप्ताहअन्तर्गत चौथो कार्यक्रम अन्तरगत सोमवार फुटसल प्रतियोगिता सम्पन्न भएको छ । धुलाबारी फुट्सल एरिनामा भएको प्रतियोगितामा धुलाबारी जेसीजका पुर्व अध्यक्ष भर्सेज वर्तमान बोर्डबिच मैत्रीपुर्ण फुट्सल प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिता प्रतियोगिता पूर्व अध्यक्षहरुको जित भएको थियो भने म्यान अफ द म्याच केशव पोखरेल भएका थिए । शाखाका अध्यक्ष योगेश Read More…

खेलकुद

अन्तरपालिका कर्मचारी फुटबल : उपाधिका लागि मेचीनगर र शिवसताक्षी भिड्ने

झापा । झापाको बिर्तामोडमा जारी अन्तरपालिका फुटबल प्रतियोगितामा मेचीनगर नगरपालिका फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको सेमीफाइनलमा बाह्रदशी गाउँपालिकालाई ३–० गोलअन्तरले हराउँदै मेचीनगर फाइलनमा प्रवेश गरेको हो । मेचीनगर सामु बाह्रदशीको प्रदर्शनी फितलो रह्यो । प्रतियोगितामा आक्रमक बनेको मेचीनगरको जितका लागि खेलको ९ औं र २५ औं मिनेटमा रोजित अलिले २ गोल गरे । Read More…

संघ \संस्था

मेचीनगरमा किशोरीहरुलाई ४५ दिने आत्मारक्षा तालिम

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा ४५ दिने आत्मारक्षा (सेल्फ डिफेन्स) तालिम सञ्चालन भएको छ । सोमबारदेखि सुरू भएको तालिमको उद्घाटन कोशी प्रदेशसभा सदस्य विद्या चाम्लिङ राईले गरेकी थिईन् । तालिमको उद्घाटन समारोहमा प्रमुख अतिथि प्रदेश सदस्य राईले हाम्रो समाजमा अहिले पनि महिलाहरूलाई कमजोर ठान्ने गरिन्छ । तर, किशोरी अवस्थादेखिनै आत्मारक्षाको तालिम दिने हो भने महिलाहरू Read More…

संघ \संस्था

मेचीनगर लेडि जेसिजको पार्लामेन्टरी प्रोस्युडर तालिम सम्पन्न

बाहुण्डाँगी । मेचीनगर लेडि जेसिजको आयोजनामा व्यवस्थित बैठक प्रणाली पार्लामेन्टरी प्रोस्युडर तालिम शनिबार सम्पन्न भएको छ । जेसिजको बैठक सञ्चालनका प्रक्रिया तथा व्यवस्थित र मर्यादित बैठक सञ्चालनका बिषयमा संस्कार एकाडेमीका फाउण्डर, नेपाल जेसिजका अन्तराष्ट्रिय ट्रेनर, राजाबाबु शाहाले प्रशिक्षण गराउनुभएको थियो । प्रशिक्षणमा मेचीनगर लेडि जेसिजका ३० वढि सदस्य तथा बोर्डका पदाधिकारी, र पुर्व पदाधिकारीहरुले लाभ Read More…

खेलकुद

सहारा हाफ म्याराथनको तयारी पूरा

बिर्तामोड । झापाको चारपानेमा भोलि चैत २१ गते हुने सहारा हाफ म्याराथनको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक सहारा नेपाल साकोस अतिरिक्त क्रियाकलाप उपसमिति संयोजक एवम् झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष प्रशान्त भण्डारीका अनुसार खुला महिला तथा पुरुष हाफ म्यारथनमा पाँच सय धावकको सहभागिता रहनेछ । आयोजकले प्रस्थान विन्दुमा गेट निर्माण गरिसकेको छ Read More…

शिक्षा

मेचीनगर-४ : चैत २० र २१ गते संयुक्त विद्यार्थी भर्ना अभियान

मेचीनगर । पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गइरहेको छ । सुविधा सम्पन्न भवन, दक्ष जनशक्ती हुँदा हुँदै पनि सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दैं गएपछि त्यस बिषयमा मेचीनगरको स्थानीय सरकारले चासो दिन थालेको छ । अहिले मेचीनगर ४ वडा कार्यालयले सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना संख्या बढाउन अभियान नै चलाएको छ । चैत २० र Read More…