मेचीनगर । पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गइरहेको छ । सुविधा सम्पन्न भवन, दक्ष जनशक्ती हुँदा हुँदै पनि सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दैं गएपछि त्यस बिषयमा मेचीनगरको स्थानीय सरकारले चासो दिन थालेको छ ।

अहिले मेचीनगर ४ वडा कार्यालयले सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना संख्या बढाउन अभियान नै चलाएको छ । चैत २० र २१ गते वडा कार्यालयले संयुक्त विद्यार्थी भर्ना अभियान २०८० सञ्चालन गर्दै वडामा रहेका सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान अगाडी बढाइएको मेचीनगर ४ का वडाध्यक्ष अर्जुन कार्कीले बताए ।
उनले आफ्नो प्राथमिकतामा वडामा सर्वशुलभ शिक्षासमेत रहेकाले सबैले सहज शिक्षाको पहुच पुर्याउनु रहेकाले संयुक्त विद्यार्थी भर्ना अभियान सञ्चालनमा ल्याइएको बताए । वडा कार्यालयले यसअघि वडाका सामुदायिक विद्यालयमा कम्प्यूटरलगायत विभिन्न शैक्षिक सामाग्रीहरु उपलब्ध गराइरहेको छ ।


