झापा । झापाको बिर्तामोडमा जारी अन्तरपालिका फुटबल प्रतियोगितामा मेचीनगर नगरपालिका फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको सेमीफाइनलमा बाह्रदशी गाउँपालिकालाई ३–० गोलअन्तरले हराउँदै मेचीनगर फाइलनमा प्रवेश गरेको हो ।
मेचीनगर सामु बाह्रदशीको प्रदर्शनी फितलो रह्यो । प्रतियोगितामा आक्रमक बनेको मेचीनगरको जितका लागि खेलको ९ औं र २५ औं मिनेटमा रोजित अलिले २ गोल गरे । उसका लागि टिम कप्तान विशाल जवेगुले थप एक गोल गरेका थिए । बाह्रदशी गाउँपालिकाले भने मेचीनगर विरुद्ध कुनैपनि स्कोर गर्न सकेन् ।
मेचीनगरकालागि २ गोल कर्ता रोजित अलि खेलको म्यान अफ दि म्याच चुनीए । उनले २५ सय नगद र ट्रफी पुरस्कार पाए ।
त्यस्तै सोमवार भएको अर्को सेमीफाइल खेलमा शिवसताक्षी नगरपालिका फाइनलमा प्रवेश गरेको छ । झापा गाउँपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै शिवसताक्षी फाइनलमा प्रवेश गरेको हो । यो सँगै आगामी चैत्र २४ गते हुने फाइनल खेल मेचीनगर नगरपालिका र शिवसताक्षी नगरपालिका बिच हुने पक्का भएको छ ।
प्रतियोगिताको विजेताले नगद ६५ हजार र उपविजेताले नगद ४० हजार पुरस्कार पाउने छ ।

