बाहुण्डाँगी । धुलाबारी जेसीजको जेसीज सप्ताहअन्तर्गत चौथो कार्यक्रम अन्तरगत सोमवार फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।
धुलाबारी फुट्सल एरिनामा भएको प्रतियोगितामा धुलाबारी जेसीजका पुर्व अध्यक्ष भर्सेज वर्तमान बोर्डबिच मैत्रीपुर्ण फुट्सल प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिता प्रतियोगिता पूर्व अध्यक्षहरुको जित भएको थियो भने म्यान अफ द म्याच केशव पोखरेल भएका थिए ।

शाखाका अध्यक्ष योगेश राजवंशीको सभापतित्वमा तथा मेची उधोग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईंको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शाखाका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका पूर्व अध्यक्ष सिनेटर अनिल भेटवाल, पूर्व अध्यक्षहरु गोपाल बस्नेत, दिनेश शाक्य, चन्द्रब्हादुर भट्टराई, सागर खनाल, नारायण खनाल, केशव पोखरेल, राजिप प्रसाईलगायतको सहभागिता रहेको थियो ।
सप्ताह अन्तर्गत मंगलवार नेतृत्व विकास सम्बन्धी तालिम रहेको सहसचिव शैलेस गौतमले बताए ।

