झापा। विश्व फिजियोथेरापी दिवस २०२२ को अवसमा दमकका एक फिजियोथेरापीष्ट विनोद भट्टराईले फिजियोथेरापीको बारेमा हाम्रो खबरपाटी सगँ कुरा गर्दै फिजियोथेरापी के हो त ? कस्ता कस्ता बिरामीले फिजियोथेरापी गर्ने । के के सगँ सम्बन्धित बिरामीले फिजियोथेरापी गर्ने र काहाँ कस्ता विशेषज्ञ बाट फिजियोथेरापी लिने भन्ने बारे जानकारी दिनुभएको छ ।
फिजियोथेरापी भनेको के हो ?
फिजियोथेरापी अर्थात भौतिक चिकित्सा विज्ञानको मुख्य शाखा हो । जसमा कार्यशैली सुधार, विद्युतीय उपकरण, म्यानअल थेरापी र शारीरीक व्यायमको प्रयोगले विरामीको मुल्याङ्गकन, जाँच उपचार गरिन्छ ।
फिजियोथेरापी सेवा कसले दिन सक्छ ?
फिजियोथेरापी सेवा दिन न्युनतम फिजियोथेरापीमा डिप्लोमा गर्नुपर्दछ । पाचँ बर्षको व्याचुलर पछि फिजियोथेरापीष्ट भएर या माष्टर सकेर विशेषज्ञ फिजियोथेरापीष्ट भएर पनि यो सेवा दिन सकिन्छ ।

फिजियोथेरापीष्टले के गर्नुहुन्छ ?
फिजियोथेरापीष्टले चोट लाग्नबाट रोकथाम गर्ने, जीवन गुणस्तर बनाउने, दुखाई कम गर्ने र अन्य उपचार गर्न मद्धत गर्ने जस्ता कार्यहरु गर्नुपर्दछ ।
कस्ता समस्याहरुलाई फिजियोथेरापीको आवश्यक पर्दछ ?
फिजियोथेरापीष्ट अस्पतालको होलिष्टक टिमको एक महत्वपूर्ण हिस्सा हो । विशेषज्ञ डाक्टरहरु सँग मिलेर निम्न समस्यामा फिजियोथेरापीष्टको ठूलो भूमिका खेल्दछ ।
हार्डर्जोनी मांशपेशी सम्बन्धि समस्या ।
न्युरो सम्बन्धि समस्या ।
अपाङ्गता भएको समस्यामा ।
बालबालीकाको सम्बन्धि समस्यामा ।
खेलकुदका विभिन्न समस्या ।
प्रसुती र स्त्री रोगका समस्यामा ।
आई.सि.यु. मा रहेको बिरामीमा पनि फिजियोथेरापीको ठूलो भूमिका हुन्छ ।
हाडजोर्नी र खेलकुद विशेषण फिजियोथेरापीष्टको भएकाले खेलकुद र हार्डजोर्नीमा फिजियोथेरापीष्टले के गर्नु हुन्छ ?
सामान्यतया हाडजोर्नी सम्बन्धि दुखाई कम गर्न कमजोर मांशपेशीलाई बलियो बनाउन , मांशपेशी सुक्न नदिन , शरीरको कार्य क्षमता बढाउन , अप्रेशन पछिको पुन स्थापना फिजियो थेरापीको अहम भुमिका हुन्छ । बाथरोगको उपचार, नशा च्यापिएको , गर्धनको नशा च्यापिएको ,मेरुदण्डको हड्डी खीइएको , घुडा दुख्ने तथा घुडा खीइएको , जोर्नी जाम भएको ,मांशपेशी तथा लिगामेन्ट च्यातिएको ,हाडजोर्नी शल्यक्रिया पछिको पुन स्थापना फिजियो थेरापीको माध्यमबाट हुन्छ ।
फिजियोथेरापी गर्ने बिरामीलाई कस्ता समस्याहरु देखिन्छ ?
फिजियोथेरापीको उपचार पद्धति अलिक ढिला र कतिपय समय मा त बिरामी धेरै दिन सेवा लिन आउनु पर्ने भएकाले बिरामीले समय मिलाउन र टाढा घर भएकाले आउन सम्भव नभएकाले अलि समस्या देखिन्छ । तर हामीले बिरामीलाई उचित समय मिलाए घरमै गर्न सक्ने गरि व्यायम सिकाएर यो समस्यालाई समाधान गर्न सकिन्छ ।
दुखेको बेला फिजियोथेरापी गर्नु हुदैन भन्ने मानसिकता कतिको सहि हो ?
फिजियोथेरापीष्टले जाँच गरेर मात्र बिरामी हेर्ने भएकाले सबै बिरामीमा रोग अनुसारको उपचार गरिने भएकाले भएकाले यो कुरा एकदमै अन्मेडिकल र तथ्याङ्ख हिन छ ।
थेरपी मेसिन र फिजियोथेरापीमा के फरक छ ?
थेरापी भनेको निको बनाउनु हो । फिजियोथेरापी म्यानुल थेरापी, इलोक्ट्रो थेरापी, व्यायम र कार्यशैली सुधार गरेर ट्रिटमेन्ट गरिन्छ । फिजियोथेरापीष्ट नभइकन केहि मेशिन र मसाज गरेर फिजियोथेरापी लेख्नु वा सेवा प्रदान गर्नु गैरकानुनी हो । यस्तो गर्दा हामी फिजियोथेरापीष्टको प्रोफेनलाई यस्ता मसाज गर्ने वा अन्य मेशिन सँग तुलना गर्नु ठिक छैन । फिजियोथेरापी कुनै मेसिन नभएर एक पद्धती हो ।
दमक र आसपास क्षेत्रमा फिजियोथेरापी गर्न कहाँ जाने ?
दमकमा सिटिसी फिजियोथेरापी क्लिनक, एड्भान्स हस्पिटल वा अन्य अस्पतालमा यो सेवा लिन सकिन्छ ।

