राजनीति

जसपाले गर्याे झापा १ बाट २२ जनाको नाम सिफारिस

काँकरभिट्टा । जनता समाजवादी पार्टी नेपाल क्षेत्र नं।१ झापाले प्रतिनिधि र प्रदेश सभाका आकांक्षी उम्मेद्वारहरुको नाम सिफारिस गरेको छ । विहीबार काँकरभिट्टास्थित बंकर होटलमा पार्टीको आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि आकांक्षी उम्मेद्वारहरुको नाम सार्वजनिक गरेको हो । जम्मा २२ जना उम्मेद्वार मध्ये प्रतिनिधि सभाका लागि १ जना, समानुपातिकमा ५ जना, प्रदेश सभा ‘क’ को Read More…

अर्थ संघ \संस्था

गृहलक्ष्मीको १४औं साधरण सभा सम्पन्न

धुलाबारी । बिहीबार गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १४औं साधरण सभा सम्पन्न गरेको छ । धुलाबारी बजार सिरान स्थित संस्थाले आफ्नै कार्यालयमा साधारण सभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष दुर्गालाल श्रेष्ठको अध्यक्षता रहेको उक्त कार्याक्रममा मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरी विशिष्ट अतिथीको रुपमा बचत तथा Read More…

खेलकुद

राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट सन्दीप लामिछाने निलम्बित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बन गरेको छ । नाबालिगलाई जबरजस्ती करणी गरेको आरोप लागेका कप्तान लामिछानेविरुद्ध बिहीबार पक्राउ पूर्जी जारी भएसँगै बसेको क्यानको बैठकले उनलाई निलम्बन गरेको हो । वि.सं. २०७८ मंसिर २९ गते बसेको क्यानको बैठकले सन्दीपलाई राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त गरेको थियो Read More…

शिक्षा

राज्यले शिक्षा क्षेत्रमा लगानी बढाउनु पर्छ: साँसद मैनालीले

झापा । नेपालमा अझै पनि शिक्षाको पहुँच सबै क्षेत्र र समुदायमा पुगिनसकेकाे प्रदेश साँसद श्रीप्रसाद मैनालीले बताएका छन् । ५६औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा मेचीनगर शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित कार्यक्रममा बोल्दै साँसद मैनालीले नागरिकले सहजरूपमा स्वास्थ, शिक्षा र रोजगार पाउनुपर्ने वातावरण बनाउन राज्य संवेदनशील बन्नुपर्ने बताए । शिक्षा क्षेत्रमा सबल भएका राष्ट्रहरू अहिले Read More…

स्वास्थ्य

आज विश्व फिजियोथेरापी दिवस, फिजियोथेरापी भनेको के हो ?

झापा। विश्व फिजियोथेरापी दिवस २०२२ को अवसमा दमकका एक फिजियोथेरापीष्ट विनोद भट्टराईले फिजियोथेरापीको बारेमा हाम्रो खबरपाटी सगँ कुरा गर्दै फिजियोथेरापी के हो त ? कस्ता कस्ता बिरामीले फिजियोथेरापी गर्ने । के के सगँ सम्बन्धित बिरामीले फिजियोथेरापी गर्ने र काहाँ कस्ता विशेषज्ञ बाट फिजियोथेरापी लिने भन्ने बारे जानकारी दिनुभएको छ । फिजियोथेरापी भनेको के हो ? Read More…

स्वास्थ्य

पूजाको प्रसाद खाँदा एउटै गाउँका ७९ जना भन्दा बढी बिरामी, बिरामी हुनेमा अधिकांस महिला र बालबालिका

झापा । झापाको मेचीनगरमा पूजाको प्रसाद खाँदा एउटा गाउँका सबै बिरामी भएका छन् । मेचीनगर–६ काँकरभिट्टा स्थित मिश्र डाँडाको एउटा घरमा पूजाको प्रसाद खाँदा ७९ जना भन्दा बढी गाउँले बिरामी भएर अस्पताल भर्ना भएका छन् । एकैचोटी ३५ जनाबाट सुरु भएको बिरामी ५० हुँदै अहिले ७९ जना पुगेको मेचीनगर १० का वडा सदस्य सोम ओझाले Read More…

समाचार

सत्तारुढ गठबन्धनभित्र सिट बाँडफाँडको विषय पेचिलो बन्दै, सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धनभित्र सिट बाँडफाँडको विषय पेचिलो बन्दै गइरहेको छ । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बैठक बस्न लागेको हो । यसअघि बुधबार बसेको बैठक सहमतिको नजिक पुगेको र त्यसलाई अन्तिम रूप दिन बिहीबार पनि बैठक बोलाइएको कार्यदल सदस्य Read More…