काठमाडौं । नेकपा एमालेले आज घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि एमालेले मंगलबार घोषणा पत्र सार्वजनिक गर्न लागेको हो ।
आज दिउँसो साढे १ बजे होटल याकएण्ड यतिबाट घोषणा पत्र सार्वजनिक गरिने पार्टीका केन्द्रीय सदस्य एवं प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
एमालेले घोषणा पत्र सार्वजनिकीकरण केही नयाँ ढङ्गले गर्ने तयारी गरेको छ । एमालले ‘समृद्ध नेपालः सुखी नेपाली’को सङ्कल्पलाई आत्मसात् गर्दै देशको विकास र समृद्धि नै मूल विषय भएर घोषणापत्र आउने जनाएको छ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा लगायतका राजनीतिक दलले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

