संघ \संस्था

गौरादह जेसीजको जेसीज सप्ताह जारी, शनिवार थिम सेमीनार हुँदै

बाहुण्डाँगी । गौरादह जेसिज बर्ष २०२२ को जेसीज सप्ताह सञ्चालन भइरहेको छ । २१ गते स्वागत बोर्ड तथा सप्ताह समुदघाटनका साथ उद्घाटन गरिएको सप्ताहले ४ वटा कार्यक्रम सम्पन्न गरिसकेको छ । शाखाले गौरादहको उत्तर प्रवेश द्वार कमल गाउपालिका र गौरादह नगरपालिकाको सिमा गेउरिया खोला र दक्षिण सिमाना गौरिगन्जको सुरुवाती ठाउँमा स्वागत बोड राखेको छ ।


यसैगरी, दोस्रो कार्यक्रम अन्तर्गत २२ गते गौरादह दन्त परिक्षण शिविर “ कार्यक्रम गरेको छ । जसमा गौरादह वडा न २ मा रहेको सुरज शिक्षा प्रतिस्ठानका करिव १५० स साना विद्यार्थी भाइबहिनीहरुको दन्त परिक्षण गरिएको थियो । शिविरमा डा मनिशा खत्रीले विद्यार्थीहरुको दन्त परिश्रण गर्नु भएको थियो ।


तेस्रो कार्यक्रम २३ गते “ लागुपदार्थ दुव्र्यसनी रोकथाम तालिम र सचेतना बोर्ड स्थापना “ कार्यक्रम गरेको छ । जसमा गौरादह वडा न ६ मा रहेको जनज्योति मा बि का करिव १५० स साना विद्यार्थी भाइबहिनीहरुलाई प्रशिश्रण गरिएको थियो । कार्यक्रममा नेपालका .अध्यक्ष इन्द्र ओलिले तालिमको सहजीकरण गर्नुभएको थियो । उक्त कार्यक्रममा शैक्षिक व्यक्ति लगायत सम्पूर्ण जेसिज सदस्यहरुको उपस्थिति रहेको थियो ।


यसैगरी, २४ गते विहिवा “ प्रभावकारी भासणकला तालीम“सम्पन्न गरियो थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि वडा न १ का वडा अध्यक्ष नगेन्द्र भण्डारी , तालिम सहजीकरण गर्नुहुने दिपक सुवेदी ले गर्नु भएको थियो । सप्ताह अन्तर्गत शनिवार थिम सेमीनारको हुने शाखाकी अध्यक्ष विनिता अधिकारी कटुवालले बताउनु भयो ।