झापा, फागुन १६ । नेपाली कथानक चलचित्र रिभेन्ज काे पूर्वमा धमाधम छायांकन भइरहेको छ ।
डिएस डिजिटल सिनेमाकाे प्रस्तुतिमा बन्न लागेकाे चलचित्र माेरङकाे तरहराका विभिन्न क्षेत्रमा छायांकन हुदै छ । शंकर अधिकारी घायलकाे लेखन तथा निर्देशन रहेको फिल्म मा नेपाल बाट बिदेश मा बेचिएका चेलिबेटी हरुकाे कथालाइ समेट्न खाेजिएकाे निर्देशन घायलले बताए ।
नेपालमै पहिलो पटक साउथ मुभिकाे झल्काे दिने गरि चलचित्र पर्दामा ल्याउँने तयारी रहेको बताए । चलचित्रमा कलाकार रविन श्री ,गंगा कुवर ,राेशन बिसी पुष्पराज नेपाल,संचारकर्मी खगेन्द्र घिमिरे, अमन देव,पदम सुनार,प्रतिका शर्मा, अार जे भिलेन सरु बराल,रेनु थापा,विशाल अग्रवाल, दिव्य बिटि सुस्मिता पाण्डे, अम्विका खड्का रहेका छन् ।
कृष्ण पाण्डेकाे छायांकन, देव महर्जनकाे द्वन्द्व, राम महर्जनकाे नृत्य रहेको चलचित्र जेष्ठकाे द्राेसाे साता दर्शक माझ हलमा प्रस्तुत गरिने बताएको छ । यश चलचित्रले दर्शककाे मन जित्न सफल हुने निर्माण टिमले विश्वास लिएको छ ।

