राजनीति

राजेन्द्रप्रसाद लिङ्देनको भोट माग्न मनिषा कोइराला राजगढ र भद्रपुर आउँदै

झापा । चर्चित अभिनेत्री मनिषा कोइराला यतिबेला चुनावी अभियानमा सक्रिय बन्दै आएकी छन् । नेपाली काँग्रेस पारिवारिक विरासत रहेकी अभिनेत्री मनिषा कोइराला राप्रपाका अध्यक्ष तथा झापा क्षेत्र नम्बर ३ का उम्मेदवार राजेन्द्रप्रसाद लिङ्देनको भोट माग्न झापा आउन लागेकी छिन् ।

लिङ्देनको चुनावी क्षेत्र झापा ३ को राजगढ बजारमा कात्तिक २९ र भद्रपुरमा ३० गते हुने वृहत् चुनावी आमसभालाई कोइरालाले सम्बोधन गर्ने राप्रपाले जनाएको छ । उनले अस्तिदेखि नै राप्रपाको लागि भोट माग्दै आएकी छन् । एमालेसँग चुनावी तालमेल गर्दै लिङ्देन प्रतिनिधिसभा उम्मेदवारको रूपमा चुनावी मैदानमा रहेका छन्।

अघिल्लो निर्वाचनमा राप्रपाको तर्फबाट देश भरिमा लिङदेन मात्रै विजयी भएका थिए । यस पटक भने कम्तीमा १६ सिट राप्रपाले जित्ने अध्यक्ष लिङदेनले विभिन्न कार्यक्रममा दाबी गर्दै आएका छन् ।