झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले २६ औं बार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक गरेको छ । संस्थाको भोलि (शनिबार) हुने अन्तिम निर्णय पुस्तिका प्रमाणित भेलाको पूर्व सन्ध्यामा आज प्रतिवेदन सार्वजनिक गरेको हो । संस्थाले प्रदेश सहकारी रजिस्ट्रार कार्यालय इटहरीको निर्देशन अनुसार एकाईगत साधारणसभा सम्पन्न गरिसकेको छ । संस्थाले नीति तथा कार्यक्रमहरुलाई एकाई साधारण Read More…
Day: December 23, 2022
झापाको कनकाईमा जेठाजुको हत्या आरोपमा बुहारी पक्राउ
झापा । आफ्नै जेठाजुको विभत्स हत्या गरेको आरोपमा झापा कनकाई नगरपालिका ४ इलुवावारीकी ४९ बर्षिय रनमाया वास्तोलालाई १२ घण्टा नवित्दै आज प्रहरीले पक्राउ गरेको छ । झापा कनकाई नगरपालिका ४ इलुवावारीका ५६ बर्षिय पदमलाल वास्तोलाको टाउकोमा धारिलो हतियार प्रहार शिवसताक्षी नगरपालिका १० सगरमाथा टोल माई नदिको किनारमा हत्या गरि फ्याकिएको अवस्थामा शव फेला परेको थियो Read More…
१९ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट सुडानी नागरिक पक्राउ
काठमाडौँ । १९ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना सुडानी नागरिक पक्राउ परेका छन् । फ्लाई दुबईको उडानबाट नेपाल आएका सुडानी नागरिक मोहम्मद अहमद डफल्ला साराफेल्डिनलाई आज शुक्रवार १९ किलो सुनसहित पक्राउ गरिएको विमानस्थलका प्रहरीले जानकारी दिएकाे छ । ती सुडानी नागरिकको लगेज जाँच गर्ने क्रममा भन्सार कार्यालयले शङ्कास्पद वस्तु देखेपछि जाँच गरेको थियो ।
अध्यक्ष लिङ्देनले गरे १५ शय्याको अस्पताल उद्घाटन
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले झापाको हल्दिबारीमा निर्माण भएको १५ शय्याको ‘हल्दिबारी आधारभूत अस्पताल’ को उद्घाटन गरेका छन् । हल्दिबारी गाउँपालिकाको हाताभित्र सञ्चालनमा आएको अस्पतालबाट बहिरङ्ग सेवासहित १५ प्रकारका सेवा उपलब्ध हुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिए। अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम, आकस्मिक स्वास्थ्य सेवा, प्रयोगशाला, फार्मेसी, इसीजी, Read More…




