समाचार

बोलेरोको ठक्करबाट धाइनजमा एक जनाको मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिका वडा नं १२ स्थित धाइजनमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर १२ का अन्दाजी ४० वर्षीय राजन विश्वकर्मा रहेका छन् ।

उनको घटनास्थलमा नै ज्यान गएको थियो । अहिले धाइजनको स्थिती तनावग्रस्त छ । स्थानीयले लास उठाउन दिएका छैनन् । घटनास्थलमा प्रहरी टोली पुगेको छ । घटनाको थप विवरण आउन बाँकी छ । ठक्कर दिने बोलेरोको पहिचान नखुलेको प्रत्यक्षदर्शीहरू बताउँछन् ।