विश्व

कोरोना भाइरस: विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ३ हजार नाघ्यो

काठमाडौं, जेठ २ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण अहिलेसम्म विश्वमा ३ लाख ३ हजार २४ जनाको मृत्यु भइसकेको छ । बितेको २४ घण्टामा ५ हजार २५९ जनाको मृत्यु भएको छ ।

विश्वका २१२ देशमा पुगेको कोरोना भाइरसबाट ४५ लाख १९ हजार ९५९ जना संक्रमित भएका छन् । बितेको २४ घण्टामा ९४ हजार ३०४ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १६ लाख ९९ हजार ८८३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । २५ लाख १७ हजार ५२ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४५ हजार ५५२ जनाको अवस्था गम्भीर छ ।

शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ५९ हजार ६८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १७ लाख १८ हजार ६७२ पुगेको छ ।

उत्तर अमेरिकी मुलुकहरुमा ९७ हजार ६३३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १५ लाख ९८ हजार ८८० पुगेको छ ।

यस्तै एसियाली मुलुकहरुमा २५ हजार ५७३ जनाको मृत्यु भएको छ । ७ लाख ३८ हजार ९२० जना संक्रमित छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा २० हजार ३८ जनाको मृत्यु भएको छ । ३ लाख ७७ हजार १७४ जना संक्रमित छन् ।

अफ्रिकी मुलुकहरुमा २ हजार ५७८ जनाको ज्यान गएको छ भने ७७ हजार २ जना संक्रमित छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८ हजार ५९० पुगेको छ ।

कोरोना भाइरसको महामारीले अमेरिकामा ८६ हजारभन्दा बढीको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ६७६ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८६ हजार ८७३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २५ हजार २७० जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १४ लाख ५५ हजार ६१७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published.