समाचार

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २५८ पुग्यो

काठमाडौँ, जेठ २ । नेपालमा थप नौ जनामा कोरोना भाइरस कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित संख्या २५८ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु र भेरी अस्पतालमा गरिएको परीक्षणबाट सो पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

थप पुष्टि भएकामा मकवानपुरमा एक र बाँकेमा ८ जना रहेका छन् । जसमा मकवानपुर निवासी ३७ वर्षीय पुरूष, बाँकै नरैनापुरा १, ३ र ५ निवासी १८,२०,२२,२५,२५, २७, ३२, र ३६ वर्षका पुरूष रहेका छन् ।

Leave a Reply

Your email address will not be published.