संघ \संस्था

मेचीनगर : अव्यवस्थित टेलिकम, केवल, इन्टरनेटलगायतका तारहरु व्यवस्थीत गरिने

मेचीनगर । मेचीनगर नगरपालिकाले अब नगर क्षेत्रभित्र रहेको अव्यवस्थित नेपाल टेलिकम, केवल कम्पनी, इन्टरनेटलगायतका तारहरु व्यवस्थीत गर्ने भएको छ ।

आज नगरपालिकामा नगरप्रमुख ग‍ोपालचन्द्र बुढाथोकीले सरोकारवाला पक्षसंग नगर क्षेत्रभित्र रहेको अव्यवस्थित तारबार व्यवस्थापन गर्न पहिलो चरणको छलफल गरेका हुन् ।

नगर क्षेत्रमा अव्यवस्थित रूपमा नेपाल टेलिकम, केवल नेटवर्क लगायत विभिन्न इन्टरनेटप्रदायक कम्पनीका तारहरु जताततै छरपस्ट हुँदा नगरको स्वरूप नै कुरूप देखिनुका साथै यसले सम्भावित दुर्घटना समेत निम्त्याउने देखिएपछि त्यसलाई नियन्त्रण गर्न आफुले चासो दिएको नगरप्रमुख बुढाथोकीले बताए ।

उनले सरोकारवाला निकायकालाई यस बिषयमा गम्भीरतापूर्वक चासो दिन सुझाएको बताए ।

छलफलमा नगर प्रमुख बुढाथोकीसंगै उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर कार्यपालिका सदस्य तथा भौतिक तथा पूर्वाधार विकास समिति संयोजक चित्र धिमाल, नेपाल टेलिकमबाट काजीमान विश्वकर्मा, सुमोदचन राजवंशी, अच्युत गौतम, सम्भुप्रसाद चौधरी र निर्मल कुमार राउत, स्काई ब्रोडनेटका अमर मेचे, वेभ सर्भर विशाल काफ्ले, ब्रोड लिङ्गका विक्रम दाहाल, फास्ट लिङ्गका अमित श्रेष्ठलगायतको सहभागीता रहेको थियो ।