राजनीति

भ्रष्टाचार विरुद्धको युद्ध सुरु भयो अब रोकिदैन : मन्त्री किराती

झापा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले वर्तमान सरकारले भ्रष्टाचार विरुद्ध युद्ध सुरु गरेको बताउँदै अब यो कदम नरोकिने बताएका छन् ।

बुधबार २९ औ विश्व आदिबासी दिवसको कार्यक्रममा सहभागि हुन कमल गाँउपालिका झापा आएका माओवादी केन्द्रका नेता मन्त्री किरातीले आफ्नो पार्टी र अहिलेको सरकारले जनभावाना अनुसारको काम गरिरहेको बताए ।

“हिजो हामीले परिवर्तनका लागि लड्यौ अब भ्रष्टाचार विरुद्ध लड्छौँ,” उनले भने। यो लडाइमा अवरोध गर्ने तत्वहरु सक्रिय भएपनि डगनमगाइ अघि बढ्ने उनको भनाइ छ। त्यस्तै मन्त्री किरातीले हरेक अग्रगामी आन्दोलनमा आदिबासी जनजातीहरु अग्रणी भूमिकामा रहेको बताए । पहिचान र संस्कृतिलाई जोगाउनका लागि ढिला गर्नु नहुने उनको भनाइ छ ।