मनोरञ्जन

धुलाबारी महोत्सवमा आज प्रिति आले आउँदै

धुलाबारी । आज धुलाबारी महोत्सवमा चर्चित गायिका प्रिति आले आउने भएकी छिन् ।

रिदम नेपाल धुलाबारीको मुख्य आयोजनामा यहि कात्तिक १७ गतेदेखि मेचीनगरमा सुरु भएको धुलाबारी महोत्सवमा नेपाली सांगितिक क्षेत्रकी गायिका आलेको सोमबार साँझ दमदार प्रस्तुती रहनेछ ।

युवा पुस्तामाझ चर्चित रहेकी उनले आँफूले बजारमा ल्याएका नयाँ–नयाँ चर्चित गीतहरु गाउँने छिन् । उनका चर्चित गीतहरु फरिया लरीलै बरिलै, आलु जस्तो केटी, भाइ चाहियो, पोखरा घुम्नलाई मन छ, खरी झार्यो की, कालो चश्मा लाउने हो, नाच्ने हो, पिरतीका कुरा रातै भरी गरियो मख्खै परियो लगायत रहेका छन् ।

महोत्सव आगामी मंसिर ४ गतेसम्म सञ्चालन हुने आयोजक रिदम नेपालका अध्यक्ष रुद्र रोक्काले जानकारी दिए ।