मेष राशी (चू, चे, चो, ला, ली,लू, ले, लो, अ )
स्वास्थ्यस्य दृष्ट्या अपि उत्तमः समयः अस्ति । आर्थिकलाभाः भविष्यन्ति। ऋणनिराकरणाय अपि हितकरम् अस्ति ।
स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । ऋणसापटीका लागीपनी राम्रो छ ।
वृष राशी- (इ, उ, ए, ओ, वा, वी, वू, वे, वो)
व्यापारक्षेत्रात् उत्तमं लाभं प्राप्स्यति। भवन्तः स्वसन्ततिभ्यः सन्तुष्टिं प्राप्नुयुः।
व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ ।
मिथुन राशी – (का, की, कु, घ, ङ, छ, के, को, हा)
अस्थिरतां अधीरतां च परित्यज्य आत्मबलं प्राप्य साहसेन अग्रे गमिष्यसि ।
अस्थिरता र अधैर्यतालाई त्यागेर हिम्मतका साथमा अघि बढे आत्मबल प्राप्त हुनेछ ।
कर्कट राशी – (ही, हु, हे, हो, डा, डी,डू, डे, डो)
अपेक्षितं परिणामं उत्साहं जनयिष्यति। प्रतियोगिनः हारिष्यन्ति, मित्रराष्ट्राणि च उत्तमं समर्थनं दास्यन्ति।
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन भने सहयोगीहरूले राम्रो साथ दिनेछन ।
सिंह राशी – (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
बृहत् पारिवारिकसमागमः धार्मिकसामाजिककार्यक्रमः वा भविष्यति। विशेषाः जनाः भवतः मतस्य प्रशंसा करिष्यन्ति।
परिवारमा ठूलो जमघट वा कुनै धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ । विशिष्ट व्यक्तिले तपाईंको विचारको कदर गर्नेछन ।
कन्या राशी – (टो, पा, पी, पू, ष,ण, ठ, पे, पो)
अद्यतनः प्रयासः कार्यः च दीर्घकालीनलाभान् आनेतुं शक्नोति, अतः भवतः विचाराः योजनाः च सफलाः भवन्ति।
आजको प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजना सफल बन्छ ।
तुला राशी – (रा, री, रू, रे, रो, ता, ती, तू, ते)
व्यापारजीवनं तथैव तिष्ठति। कार्ये निवेशस्य समयः अस्ति यतः चन्द्रः धनगृहे अस्ति।
व्यवसायिक जीवन यथावत रहने छ । व्ययस्थानमा चन्द्रमा रहेकाले काममा लगानीको समय छ ।
वृश्चिक राशी-( तो, ना, नी, नू, ने,नो, या, यी, यू)
भवन्तः आर्थिकरूपेण बलवन्तः भविष्यन्ति, व्यापारे गतिशीलता भविष्यति। विपरीतलिंगात् आवश्यकं समर्थनं प्राप्स्यसि।
आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा गतिशीलता आउने छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ ।
धनु राशी – (ये, यो, भा, भी, भू,धा, फा, ढा,भे)
प्रयाससाध्य समय छ धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । प्राविधिक काममा सफलता प्राप्त हुने छ ।
मकर राशी – (भो, जा, जी, जु, जे, जो, खा, खी,खू, खे, खो, गा, गी)
अत्र बहु परिश्रमः आवश्यकः भवति तथा च यदि भवन्तः परिश्रमं कुर्वन्ति तर्हि सफलतां प्राप्तुं शक्नुवन्ति। तकनीकी कार्ये सफलता प्राप्ता भविष्यति।
सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ ।
कुम्भ राशी- (गू, गे, गो, सा, सी,सू, से, सो, दा)
भवन्तः आर्थिकरूपेण बलवन्तः भविष्यन्ति। आयस्य नूतनाः मार्गाः आविष्कृताः भविष्यन्ति। सामाजिकसम्मानं प्रतिष्ठां च प्राप्तुं दिवसः अस्ति ।
आर्थिकरूपमा सबल बन्नु हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन । सामाजिक सम्मान र प्रतिष्ठा प्राप्त हुने दिन छ ।
मीन राशी- (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
वैवाहिकसम्बन्धे सामञ्जस्यं भविष्यति। परिवारजनैः मित्रैः च सह समागमः भविष्यति।
दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । घरपरिवारका सदस्य र साथीभाइसँग भेट हुनेछ ।
ज्योतिषी पं श्री सीताराम तिमल्सेना, श्रीहरि भक्ती फाउन्डेसन नेपाल
सम्पर्क नं 9844639228/ 9818234776

