शिक्षा

प्याब्सन कमलको अध्यक्षमा संग्रौला, सचिवमा गौतम

झापा । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) कमल गाउँपालिकाको तेस्रो अधिवेशन बाट आगामी नयाँ कार्यकालको लागि अध्यक्षमा दिपक संग्रौला तथा सचिवमा त्रिलोचन गौतम सर्वसम्मत चयन भएका छन् ।

शुक्रवार सम्पन्न तेस्रो अधिवेशनले संग्रौलाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । उक्त अधिवेशनबाट समितिको सचिवमा त्रिलोचन गौतम र कोषध्यक्षमा राम आङ्देम्बे सर्वसम्मत भएका हुन् । त्यस्तै सदस्यमा रुपक सापकोटा, र रीता खनाल समेत सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका संयोजक रामहरी घिमिरेले जानकारी दिए ।

प्याब्सन झापाका अध्यक्ष गौरिमान फागोले उद्घाटन गरेको कार्यक्रमको अध्यक्षता प्याब्सन कमलका अध्यक्ष बदिराम राईले गरेका थिए । कार्यक्रममा कमल गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख सुर्य प्रसाद न्यौपाने, प्याब्सनका जिल्ला तथा छिमेकी पालीकाका प्रतिनिधिहरुको आतिथ्य रहेको थियो ।

प्याब्सन झापाको सबै पालिकाको अभिवेशन अहिले धमाधम भैरहेको छ । मंसिर १० गते भित्र झापाका सबै पालिकाले आफ्नो अधिवेशन सम्पन्न गर्नेछन् । त्यसपछि पुस मसान्त भित्र जिल्ला अधिवेश तथा माघ मसान्त भित्र प्रदेश अधिवेशन सम्पन्न गर्ने गरी तयारी रहेको प्याब्सन झापाका अध्यक्ष गौरिमान फागोले जानकारी दिए ।